महासंघका नवनिर्वाचित टोलीसँग छलफल

साझाकुरा
२०८३ बैशाख ३१, बिहीबार ११:५१

हेटौंडा- मकवानपुर उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका नवनिर्वाचित टोलीसँग बुधबार छलफल गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको भर्खरै सम्पन्न नवौं प्रदेशसभा तथा अधिवेसनबाट बेदबहादुर श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको थियो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघको सदस्यमा भर्खरै सम्पन्न ६० औं वार्षिक साधारणसभा तथा महाधिवेशनबाट नवनिर्वाचित कृष्ण कटुवालको उपस्थिति थियो ।

मउवासंघका अध्यक्ष प्रमोदसिंह रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा २५ गज सडक विस्तारको कारण भवनको अग्रभागको संरचना भत्किएकोले बाँकी संरचनामा कार्यालय व्यवस्थापन गरेको, राज्यको करचुक्ता गरेका उद्योगी÷व्यवसायीलाई मात्र मउवासंघको सदस्यता नवीकरण नियमित गरेको बताए ।नेपाल उद्योग वाणिज्य महासंघ र महासंघ बागमती प्रदेश समितिबाट साथ सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्दै संघका अध्यक्ष रानाभाटले महासंघमा जिल्लानगरको समस्या तत्काल सम्बोधन गर्न हेल्प डेस्कको स्थापना आवश्यक रहेको, सबैले मेला गर्ने प्रवृत्ति बढेकाले विकृति आउन सक्ने भएकाले जिल्ला÷ नगर उद्योग वाणिज्य संघहरुले मात्र मेला महोत्सव गर्न पाउने व्यवस्था गर्नुपर्ने बताए ।

उनले प्रदेशराजधानी हेटौंडामा हालसम्म नापतौल कार्यालय नभएकोले नापतौल कार्यालय स्थापना गर्नुपर्ने बताउदै महासंघको नयाँ टिमको कार्यकालको पूर्ण सफलताको कामना गरे । कार्यक्रममा संघका पूर्वअध्यक्ष अरुणराज सुमार्गीले महासंघ बागमती प्रदेशले प्रस्ताव डुप्लिकेशन नहुनेगरी बागमती प्रदेश सरकारसमक्ष प्रस्ताव पेश गर्नुपर्ने, नेउवामहासंघ बागमती प्रदेशको इतिहासको भूमिका नमेटिने गरी समेट्नु पर्ने विचार व्यक्त गरे ।

नेउवामहासंघका सदस्य कटुवालले २०८३ सालको मंसिर पुसतिर मउवासंघले महोत्सव गर्न गइरहेको, प्रदेश सरकारको बजेट प्रभावकारी रुपमा लगानी हुन उवासंघले प्रस्ताव गर्नुपर्ने, नेउवामहासंघको केन्द्रमा केही गरौं भन्ने सोचको नयाँ नेतृत्व रहेको, जिल्लानगर उवासंघका प्रतिनिधिसँग दैनिक भेटघाट गरी समस्या समाधान गर्न नेउवामहासंघ,काठमाडौंमा कार्यतालिका बनाइने बताए ।

कार्यक्रममा प्रमुखअतिथि तथा महासंघ बागमती प्रदेश अध्यक्ष श्रेष्ठले मउवा संघसँग सहकार्य गरेर अघि बढ्ने, नेउवामहासंघ बागमती प्रदेशको भवन हेटौंडामा बनाउने लक्ष्य रहेकोले मउवासंघले सघाउने अपेक्षा रहेको बताए । उनले मउवासंघले आयोजना गर्ने मेलामा सहकार्य रहने, नापतौल कार्यालय हेटौंडामा राख्न पहल गर्ने बताए । कार्यक्रममा मउवासंघका वरिष्ठ उपाध्यक्ष दीपक उप्रेती र महासचिव प्रतिमा श्रेष्ठलगायतले मन्तव्य राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*