सुर्तीजन्य पदार्थरहित दिवसमा प्रभातफेरि

साझाकुरा
२०७९ जेष्ठ १८, बुधबार ११:३३

हेटौंडा, १७ जेठ÷विश्व सुर्तीजन्य पदार्थरहित दिवसको अवसरमा हेटौंडामा प्रभातफेरि गरिएको छ । बागमती प्रदेश सरकारको स्वास्थ्य निर्देशनालय, नेपाल अर्वुद रोग निवारण संस्था र श्रीकृष्ण प्रणामी युवा परिषद् मकवानपुरको संयुक्त आयोजनामा प्रभातफेरि गरिएको हो ।‘दुव्र्यसन त्यागौं, सेवामुखी बनौं, सुर्तीजन्य पदार्थ त्यागौं स्वास्थ्य र वातावरण जोगाऔं’, भन्ने नारासहित विश्व सुर्तीजन्य पदार्थरहित दिवसको अवसरमा सचेतनामूलक प्रभातफेरिको आयोजना गरिएको थियोे ।

स्वास्थ्य निर्देशनालयबाट सुरु भएको प्रभातफेरि बुद्धचोक, लोकप्रिय चोक, मानसचोक, कांग्रेसचोक, कान्तिराजपथ, पारिजातपथ, सिमाचोकहुँदै बुद्ध चोकमा पुगेर सडक नाटक प्रदर्शन गरिएको थियो । मद्यपान तथा सुर्तीजन्य पदार्थ सेवनले के–कस्तो रोग लाग्छ र यसले घर परिवारमा निम्त्याउने झैझगडाका बारेमा नाटक प्रस्तुत गरिएको थियो ।बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. महेश्वर श्रेष्ठको नेतृत्व तथा बागमती प्रदेश स्वास्थ्य मन्त्री निमा लामाको उपस्थितिमा कार्यक्रम गरिएको थियो । कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी, मकवानपुर टेक्निकल इन्स्टिच्युटलगायत विभिन्न संघ, संस्थाहरुका प्रतिनिधिको सहभागिता तथा सहकार्यमा दिवस मनाइएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*