मनहरी–७ मा तामाङ भाषा सिकाइ

साझाकुरा
२०८३ बैशाख १३, आईतवार १२:२०

हेटौंडा- मनहरी गाउँपालिका वडा नं. ७ मा शनिबारदेखि ३ दिने तामाङ भाषा सिकाइ कार्यक्रम सुरु भएकोछ । मनहरी–७ वडा कार्यालयको आर्थिक सहयोगमा र नमस्तेमनहरी मिडिया प्रालिको आयोजनामा शनिबारदेखि सञ्चालन भएको सिकाइ कार्यक्रम सोमबार सम्पन्न हुने जनाइएको छ ।कार्यक्रमको मनहरी–७ का कार्यबाहक अध्यक्ष नवराज सुवेदीले उद्घाटन गरे । सुवेदीले तामाङ जातिको संस्कार संस्कृति उत्थानका लागि आगामी बजेटमा वडा नं. ७ ले विशेष प्राथमिकता दिनेबताए । कार्यक्रममा नेपाल तामाङ घेदुङका केन्द्रीय सदस्य मेम्बरलोले सम्भोटा लिपि र तामयिग लिपिबारे रहेको भ्रम स्पष्ट पारे । नेपाल तामाङ घेदुङ तामाङ समुदायको आधिकारिक संस्था भएकाले घेदुङले अवलम्बन गरेको लिपि नै आमतामाङ समुदायको आधिकारिक लिपि भएको उनले बताए ।

कार्यक्रममा नेपाल तामाङ घेदुङ मनहरीका इन्चार्ज इन्द्रकुमार ब्लोन, साद्रा छ्योइफेल गुम्बा मनहरी–७ का अध्यक्ष गौतम लामा, राष्ट्रिय रोटरी मावि ब्यवस्थापन समितिका अध्यक्ष सालिकराम बानियाँ, राष्ट्रिय मावि रमनटारका अध्यक्ष लेखमान ब्लोन, मनकामना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सुरेश मुक्तानलगायतको उपस्थिति रहेको थियो । सहभागीलाई बागमती प्रदेश सरकारका तामाङ भाषा अनुवादक ज्ञानेन्द्र तामाङले प्रशिक्षण दिएका छन् । नमस्ते मनहरी मिडिया प्रालिका अध्यक्ष जयराम मुक्तानको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण राजकुमार स्याङबोले गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*