मउवा संघको भ्रमण, वस्तुगत संघहरुको अन्तक्र्रिया
हेटौंडा- मकवानपुर उद्योग वाणिज्य संघको दुई दिवशीय भ्रमण तथा वस्तुगत संघहरुको अन्र्तक्रिया कार्यक्रम भएको छ । मकवानपुर उद्योग वाणिज्य संघमा आवद्ध बस्तुगत संघहरुको अन्तक्र्रिया कार्यक्रम चितवनको सौराहमा भएको हो । मउवा संघका बस्तुगत उपाध्यक्ष तथा बस्तुगत समन्वय समितिका संयोजक राजु अधिकारीको सभापतित्व, मउवासंघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवालको प्रमुख आतिथ्यता, मउवासंघका उपाध्यक्ष प्रमोद सिंह रानाभाट तथा नारायणी पेट्रोलियम बिक्रेता संघका अध्यक्ष उत्सव ईटेनीको आतिथ्यता र मउवासंघमा आवद्ध विभिन्न बस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधिहरुको उक्त अन्तक्र्रिया कार्यक्रममा सहभागिता रहेको थियो । कार्यक्रममा बस्तुगत संघहरुको क्रियाकलापहरुको समिक्षा र महत्वको बारेमा चर्चा गरिएको थियो ।
मउवा संघका बस्तुगततर्फका सदस्य प्रदीप अर्यालले कार्यक्रम संचालन गरेका थिए । रत्ननगर उवासंघका बस्तुगत उपाध्यक्ष रघुनाथ भट्टको सभापतित्व, निवर्तमान अध्यक्ष राजाराम रेग्मी, मउवासंघका उपाध्यक्षद्वय प्रमोद सिंह रानाभाट, राजु अधिकारी, रत्ननगर उवासंघका उपाध्यक्ष भीम नारायण श्रेष्ठ, नेपाल मत्स्य व्यवसायी संघ केन्द्रीय समितिका अध्यक्ष अम्बिका प्रसाद अधिकारीको कार्यक्रममा आतिथ्यता रहेको थियो । मकवानपुर र रत्ननगर उवासंघका विभिन्न बस्तुगत संघहरुका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
रत्ननगर उवासंघका महासचिव निराजन खनालले उक्त कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा बस्तुगत संघहरु उद्योग वाणिज्य संघको लागि महत्वपूर्ण रहेको भन्दै बस्तुगत संघका गतिविधि र समस्या बारे चर्चा गरिएको थियो । छलफलमा मकवानपुर जिल्ला औद्योगिक क्षेत्रको कारण र रत्ननगर पर्यटकीय क्षेत्रको कारण महत्वपूर्ण रहेको बताइएको थियो । रत्ननगर उवासंघमा २२ वटा र मकवानपुर उवासंघमा ३२ वटा बस्तुगत संघहरु आवद्ध छन् ।







