फास्टट्रयाकका कारण पूर्वीक्षेत्रका बासिन्दा समस्यामा

साझाकुरा
२०७८ भाद्र ३१, बिहीबार ११:१३

हेटौंडा/ निर्माणाधिन बहुचर्चित तथा राष्ट्रिय गौरवको आयोजना काठमाण्डौं–तराई द्रुतमार्ग (फास्टट्रयाक) परियोजनाका
कारण मकवानपुरका पूर्वीक्षेत्रका स्थानीयबासीले वर्षेनी दुःखपाइरहेका छन् ।

हेटौंडा बजारहुँदै मकवानपुरको पूर्वीक्षेत्रको बैकया र बागमती गाउँपालिका आउजाउ गर्न निर्माणाधिन मदन भण्डारी मार्ग (धरान–चतरा) सडक आयोजनाका कारण सहज भएपनि फास्ट्रयाकका कारण एक किलोमिटरभन्दा बढी सडक समयमै नबन्दा पूर्वीक्षेत्रका जनता दुःख

व्यहोर्न बाध्य भएका हुन् । मकवनपुरको बकैया गाउँपालिका–५, मा पर्ने श्रीपुरको उकालोमा सडक स्तरोन्नति नहुँदा वर्षामा सँधै हिलो र हिउँदमा सँधै धुलो हुने गरेको छ । मदन भण्डारी राजमार्ग (धरान–चतरा–हेटौडा ) सडकखण्डको करिब १ हजार २ सय मिटर सडक खण्ड

नबन्दा स्थानीयलाई सास्ती हुँदै आएको । धरान चतरा सडक आयोजनामा उक्त सडक खण्ड पर्ने भएता पनि फाष्टट्रया्कले उक्तधरान–चतरा मार्ग जोड्ने विन्दुको दायाँ–बायाँ दुवै ६ सय मिटर गरेर १२ सय मिटर बनाउने भन्दै नेपाली सेनाले भौतिक पुर्वाधारमार्फत योजना लिएको थियो ।

तर, सेनाले लिएको काम नगर्दा त्यसक्षेत्रका बासिन्दालाई समस्या भएको स्थानीय सरोज तामाङले बताए ।‘यो स्थान असाध्यै अप्ठेरो छ । भिरालो भएका कारण वर्षात्को समयमा बढी समस्या हुन्छ ।

हिउँदको समयमा धुलो उडेर समस्या पार्छ । विशेषगरी वर्षात्को समयमा धेरै समस्या हुने गरेको छ । गाडी फसेर घण्टौं जाम पर्ने समस्यामा हामी रहेका छौं ।’,सरोजले यस विषयमा स्थानीय तह, प्रदेश र संघीय सांसद समेत जानकार रहेपनि समस्या समाधानका लागि कतैबाट पहल नभएको भन्दै गुनासो गरे ।

उनले फास्टट्रयक नेपाली सेनाले निर्माण गरेको भएपनि जनताको दुःखले उनीहरुलाई कुनै असर नपरेको बताए । ‘दैनिक सवारी आउजाउमा समस्या भइरहेको छ । यो समस्या समाधान नहुँदा थोरै दुरीको यात्राका लागि पनि धेरै समय लाग्ने गरेको छ ।’,

उनले दैनिक सवारी चिप्लेर दुर्घटना समेत हुने गरेको बताए । नेपाली सेनाले फाष्टट्रयाक धरान–चतरा सडक आयोजनाले भेट्ने विन्दु र पुलको डिजाइन नदिँदा धरान चतरा सडक आयोजनाले काम गर्न सकेको थिएन । सेनालाई संघीय सरकारको भौतिक पूर्वाधार

मन्त्रालयमार्फत् उक्त विन्दुको आसपासको सडक बनाउने जिम्मेवारी प्रदान गरेको थियो । कुन आयोजनाले उक्त सडक खण्ड निर्माण गर्ने भन्नेबारे लामो समयदेखिको विवाद जारी थियो । उक्त सडक खण्ड सेनालाई मन्त्रालयले जिम्मा लगाएपनि कहिले सडकको स्तरोन्नति हुने

हो कुनै ठेगान छैन । सेनाले फास्टट्रयाक सडकको कालोपत्रे गर्ने समयमा मात्र उक्त क्षेत्र स्तरोन्नति गर्ने दावी स्थानीयको छ ।
१२ सय मिटर सडक नबन्दा बागमती प्रदेशको राजधानी हेटौंडासँग जोडिने बकैया र बागमती गाउँपालिकाको ठूलो जनसंख्या अहिले सास्ती भोग्न बाध्य भएको स्थानीय विक्रम लामाले बताए ।

उनले धरान चतराले मकवानपुरको पश्चिम क्षेत्रमा जनजीवन नै परिवर्तन गरिहरको बेला हेटौंडाबाट २३ किलोमिटर दुरीमा रहेको उक्त खण्ड बनाउन स्थानीयले पटक पटक ध्यानाकर्षण गराएता पनि फाष्टट्रयाक हेरिरहेको नेपाली सेनाले पूर्णरुपमा वेवस्ता गरिरहेको छ ।

‘थोरै सडक खण्डको कारण दैनिक सयौं सवारी साधन हिँड्ने उक्त बाटोमा साना ठूला दुर्घटना दैनिक जसो हुने गरको
छ ।’, लामाले केहीसमय अगाडी उक्त स्थानमा बस दुर्घटनाहुँदा १० जना भन्दा बढी घाइते भएको सम्झिए ।

धरान–चतरा सडक खण्ड निर्माण गरिरहेको कालिका कन्सट्रक्सनको ट्रिपर दुर्घटना हुँदा एक जनाको ज्यान समेत उक्त स्थानमा गएको थियो। ‘मोटर साइकल दैनिकजसो यसक्षेत्रमा दुर्घटना हुन्छ ।’, उनले साना सवारीसाधन समेत दैनिक पल्टने समस्याले आफूहरु आजित भएको बताए ।
धरान चतरा सडक आयोजनाले मकवानपुर तर्फको ९० प्रतिशत काम गरिसकेको छ । केही पुल र विवाद भएको स्थानमा मात्र कालोपत्रे गर्ने काम बाँकी रहेको छ । धरान–चतरा आयोजनाले सडक निर्माण लकडाउनको समयमा समेत जारी राखेको थियो यस आयोजना सरकारलाई

हस्तान्तरण गर्ने प्रक्रियामा कालिका कन्स्ट्रक्सन अगाडि बढिसकेको छ । यस सडक खण्डको विभिन्न स्थानमा देखिएको विवाद सरकारले समाधान नगर्दा आयोजना तोकिएको समयभन्दा केही ढिला सम्पन्न हु थालेको हो ।

‘धरान–चतरा सडक आयोजनाले मकवानपुरतर्फको ९५ प्रतिशत काम गरिसक्दा बकैया–५ को उक्त सडकखण्ड नबन्दा आयोजना प्रभावकारी देखिएको छैन ।’, धरान–चतरा आयोजनाका सूचना अधिकारी निरञ्जन थापाले आयोजनाअन्तर्गत् हेटौंडा–१६ र ६ नम्बरका वडामा सडक

निर्माण र नयाँ ठेक्का भएको पुलको काम बाँकी रहेको सुचना अधिकारी थापाले जानकारी दिए । स्थानीयले उक्त स्थानको सडक निर्माण धरान–चतरा आयोजनलाई गर्न दिएर नेपाली सेनाले आवश्यकता अनुसार भत्काउने गरी अगाडि बढ्न सुझाय पनि कतैबाट सुनुवाइ नभएको गुनासो समेत गरेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*