लोपोन्मुख वनकरिया समुदायले राष्ट्रिय परिचयपत्र बनाउँदै

साझाकुरा
२०७८ आश्विन ७, बिहीबार १३:१९

हेटौंडा/ मकवानपुरको मनहरि गाउँपालिका– ४ स्थित लोपोन्मुख वनकरिया समुदायले धमाधम राष्ट्रिय परिचयपत्र बनाइरहेका
छन् । यसका लागि गाउँपालिकाले पशुपति माध्यमिक विद्यालयमा शिविर सञ्चालन गरिएको छ । राष्ट्रिय परिचयपत्र बनाउन पाएकामा निकै खुसी लागेको पूजा वनकरियाले बताए । उनले भने,‘राष्ट्रिय परिचयपत्रका बनाउन पाउँदा धेरै खुसी लागेको छ यसैगरी ३८ वर्षीय सुरेश वनकरियाले पनि आफ्नो नागरिकता हराएर प्रतिलिपि बनाएर राष्ट्रिय परिचयपत्रमा फोटो खिचाएको बताए ।

आफू सानो छँदा आफ्नो परिवार वनमा कन्दमूल खोज्न व्यस्त हुने गरेको सम्झना गर्दै उनले अब राज्यका अड्डमा आफूहरु पनि सामेल हुन थालेकामा खुसी लागेको बताए। प्राथमिक शिक्षा अध्ययन गरेका उनले आफ्ना भावी सन्नती अब शिक्षाको उज्यालोबाट वञ्चित हुन नपर्नेमा आशावादी रहेको जानकारी दिए । नेपालमा नै जम्मा ९१ जनसंख्या रहेको उक्त समुदायका ३० जनाले गाउँपालिकाद्वारा सो विद्यालयमा सञ्चालन गरिरहेको राष्ट्रिय परिचयपत्र शिविरमा आफ्नो परिचयपत्रसहित उपस्थित भइरहेकका छन् । मनहरि–४ का वडाध्यक्ष धु्रव खड्काले स्थानीयस्तरमा सेवा प्रवाह गरेको जानकारी दिए ।

सो विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्यले भने,‘केही वर्ष अघिसम्म वनमा आधाररित जीवनशैली रहेको वनकरियाको हाल शिक्षित हुदैछन्, राज्यको सेवा सुविधामा पहुँच बढ्दै गएको यसले हामीलाई पनि खुसी बनाएको छ ।’, वनकरिया बस्तीमा हाल उच्च शिक्षा अध्ययन गर्ने छात्रासमेत भएको उनले बताए । ती समुदायका छात्रछात्रालाई घरमा नै गएर विद्यालय भर्ना अभियान चलाएको प्रअ आचार्यले जानकारी दिए । उनले विद्यालय आएका बालबालिकामा पनि पढाइप्रति लगाव भएको बताए । हालसम्म पम्फा, सन्तोषी र अनिल वनकरियाले माध्यामिक शिक्षा परीक्षा उत्तीर्ण भएको जानकारी दिए । यसैगरी कक्षा १ देखि १० सम्म कूल १५ छात्रछात्रा विद्यालय आउने गरेका छन् । मनहरी–४ का वडा सचिब विदुर पाठकले १० दिनसम्मको शिविरमा जम्मा ९०० जनाले राष्ट्रिय परिचयपत्र बनाएको बताए । शिविरको पाँच दिन थप गरिएको छ । (रासस)

यसमा तपाइको मत

Your email address will not be published.


*