बागमतीमा मानव कंकाल भेटियो
हेटौंडा- जिल्लाको पूर्वी क्षेत्रस्थित बागमती गाउँपालिकामा मानव कंकाल फेला परेको छ । बागमती–१ स्थित बागमती खोला किनारमा मानव कंकाल भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले स्थानीयले कंकाल देखेपछि प्रहरीलाई खबर गरेको बताए । बागमती खोलाको किनारमा सडेगलेर शव कंकाल भएको अवस्थामा फेला परेको डीएसपी कार्कीले बताए । उक्त कंकाल कस्को हो भन्ने बिषयमा अनुसन्धान भइरहेको उनले बताए । कंकालको अवस्था हेर्दा खोलाले बगाएर मृत्यु भएको मान्छेको हुन सक्ने प्रहरीको अनुमान छ । उक्त कंकाल परीक्षणको लागि हेटौंडा अस्पतालमा राखिएको छ । कंकाल कति समय पुरानो हो ? महिलाको हो कि पुरुषको हो ? भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







