योग दिवसमा वृद्धवृद्धाको स्वास्थ्य परीक्षण

साझाकुरा
२०७९ माघ २, सोमबार १४:३८

हेटौंडा-जिल्ला आयुर्वेद मकवानपुरले राष्ट्रिय योग दिवसका अवसरमा वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुको स्वास्थ्य परीक्षण गरेको छ आईतबार परेको योग दिवसको अवसरमा जिल्ला आयुर्वेद मकवानपुरले हेटौंडा–२ मा रहेको ओम वृद्वाश्रममा आश्रित वृद्ववृद्वाको स्वास्थ्य परिक्षण गरेको हो । आश्रममै पुगेर स्वास्थ्यकर्मीसहितको टोलिले स्वास्थ्य परिक्षण गरेका थिए ।

आश्रममा आश्रित वृद्ववृद्वाहरुको सुगर, प्रेसर र भिटामिन लगायको अवस्थाको परीक्षण गरेर औषधिसमेत वितरण गरिएको जिल्ला आयुर्वेद मकवानपुरका अध्यक्ष मधु अधिकारीले जानकारी दिए । स्वास्थ्यकर्मीको टोलीमा डा.ललिता पाण्डे र डा. नितिस गिरीलगायत सहभागी थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*