राक्सिराङमा घरघर पुगेर उपचारदेखि परिचयपत्र सेवा
हेटौंडा-जिल्लाको विकट राक्सिराङ गाउँपालिकाले प्रत्येक गाउँबासीको घर आँगनमै पुगेर स्वास्थ्य उपचारदेखि परिचय पत्र वितरणसम्मका योजना कार्यान्वयन गरिरहेको छ ।
गाउँपालिकाले एकीकृत शिविर अभियान चलाएर सम्बन्धित ठाउँमै पुगेर नागरिकका आवश्यकतालाई अनुगमन गरी जस्तापाता, पाइप जस्ता सामग्रीहरु बितरण गर्नेदेखि स्वास्थ्य उपचारसमेत पु¥याउने कार्य गरिरहेको हा । अभियानअन्तर्गत् जस्तापाता, पाइप जस्ता सामग्रीहरु बितरण गरेर योजनाको अनुगमन गरी प्राविधिक मूल्यांकन गरेर फिल्डबाटै रकम भुक्तानी समेत गरिने काम भइरहेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । फागुन २९ गतेबाट सुरु शिविरमा विशेषज्ञ डक्टरले घरमै पुगी स्वास्थ्य सेवाप्रबाह गर्ने, अपांगता परिचयत्र बनाइदिने तथा सहायक सामग्रीहरु बितरण गर्ने, बीउबिजन बितरण गर्ने, पशुस्वास्थ्य जाँच र औषधि बितरण गर्ने, व्यवसाय दर्ता र नवीकरणको काम गर्नेलगायतका क्रियाकलापहरु भइरहेको गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गार्तौलाले बताए ।
अध्यक्ष मल्लले उत्पीडितहरुको घर आँगनमै पुगी सेवा दिनेगरी ‘सेवा पाउने सबैको अधिकार, घरघरमा स्थानीय सरकार’ भन्ने नारासहित अभियान सञ्चालन गरिएको बताए । राक्सिराङ चेपाङ र तामाङ समुदायको बाक्लो बसोबास भएको क्षेत्र हो । भौगोलिक विकटता कारण पनि गाउँबासीलाई सबै खाले सेवा लिन त्यति सहज छैन् । जसकारण गाउँपालिकाले घरघरमै सेवा पु¥याउने अभियान सञ्चालन गरेको हो । यसैगरी, गरिव परिचयपत्र वितरण, ज्येष्ठ नागरिक सम्मान तथा परिचयपत्र वितरण विपद्का बेला आवश्यक उद्दार राहतका सामग्रीहरु बितरण सहित शिक्षा, स्वास्थ्य, कृषि, पशु, पर्यटन लगायतका बिषयमा समुदायसँग अन्र्तक्रिया गर्ने कार्यक्रम तय भएको छ ।
फागुन २९ गते वडा नम्बर ४ को कार्यालयबाट सुरु अभियान चैत ६ गते वडा नम्बर ९ को कार्यालय, चैत १४ गते वडा नम्बर ६, ७ र ८ लाई लक्षित गरी जुरेथुमस्थित आधारभूत विद्यालय र चैत २२ गते वडा नम्बर १ र २ लाई लक्षित गरी कालिका माध्यमिक विद्यालय दुंगुमा एकीकृत शिविर सञ्चालन गरिने अध्यक्ष मल्लले जानकारी दिए । अभियानकै क्रममा आगामी आर्थिक बर्ष २०८०÷०८१ का लागि सञ्चालन हुने विकास योजनाका बारेमा पनि गाउ“बस्तीबाटै छलफल गराइने र त्यसको टिपोट गरी योजना तर्जुमा प्रक्रियामा समावेश गराउने तयारी गाउँपालिकाले गरेको छ । अध्यक्ष मल्लले यसअघि पार्टी र पहुँचवालाको दबाब, सिफारिस तथा अन्य ढंगले प्रभावित पारेर चाहिएको ठाउँमा विकासको अनुभूति हुन नसकेको र नचाहिने ठाउँमा त्यस्ता गलत कामहरु भएका छन् भने पनि सच्याउने गरी टोली अघि बढ्ने बताए ।







