हेटौंडा ६ नम्बर वडामा पूर्ण खोप र संस्थागत सुत्केरी सुनिश्चितता घोषणा

साझाकुरा
२०७९ चैत्र २, बिहीबार ११:३२

हेटौंडा- हेटौंडा उपमहानगरपालिकाको ६ नम्बर वडा पूर्ण खोप र पूर्ण संस्थागत सुत्केरी सुनिश्चितता भएको वडाको रुपमा घोषणा भएको छ । संघीय सरकारले थालेको पूर्ण खोप सुनिश्चितता गर्ने अभियानअन्तर्गत् उपमहानगरको पहिलो वडाको रुपमा हेटौंडा–६ ले पूर्ण खोप र पूर्ण संस्थागत सुत्केरी सुनिश्चितता वडा घोषणा गरेको
हो । बुधबार हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामाले वडालाई पूर्ण खोप र पूर्ण संस्थागत सुत्केरी सुनिश्चितता वडा घोषणा गरेकी हुन् । नगरप्रमुख लामाले ‘१८ देखि २३ महिनाका बालबालिकाले २ वर्ष उमेरभित्र पूर्ण खोप पाएको तथा वडाका सबै गर्भवतीहरु स्वास्थ्य संस्थामा पुगेर सुत्केरी भएको सुनिश्चित गरिएको हुँदा’ यसलाई भविष्यमा पनि कायम राख्ने प्रतिबद्धता पत्रमा हस्ताक्षण गरेकी थिइन् ।

नगर प्रमुख लामाले स्वास्थ्य सेवाको स्तर बृद्धिका लागि उपमहानगर लागिरहेको बताइन् । उनले स्वास्थ्यमा सुधारसँगै नगरलाई बालमैत्री घोषणका लागि सबैको सहयोग आवश्यक भएको बताएकी छन् । उनले नगरबासीलाई स्वास्थ्य सुविधाबाट बञ्चित गराउँनु हुँदैन भन्ने उद्देश्यले उपमहानरले अहिलेसम्म एकहजार चारसय ५२ जनाको निःशुल्क स्वास्थ्य बिमा गरेको जानकारी दिइन् । उनले भनिन् ‘हामी जिम्मेवारी पूर्ण ढंगबाट काम गरिरहेका छौं’, यसमा नगरबासीको पनि सहयोग आवश्यक छ ।’घोषणा प्रक्रिया पूरा गर्नका लागि प्रदेश सरकार स्वास्थ्य मन्त्रालयमार्फत् वडाको सर्वेक्षण गरी तथ्याड्ढको प्रमाणीकरण निर्देशिका बमोजिम पूरा गरेको स्वास्थ्य चौकीका प्रमुख टीएन ढुंगेलले बताए । घोषणाका लागि स्वास्थ्य चौकीले वडामा रहेका ८८ बालिबालिकालाई पूर्ण खोप दिएको, एकसय दुई जना गर्भवतीले स्वास्थ्य संस्थामा आएर सुत्केरी भएको जानकारी कार्यक्रममा दिइएको थियो । घोषणासँगै वडामा टोलटोलमा पुगेर स्वास्थ्य परीक्षण गर्ने अभियानको पनि सुरुवात भएको छ ।

वडाभित्र रहेका २३ वटा टोल विकास संस्थाको घरघरमा पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिने अभियानको पनि बुधबारबाटै सुरुवात भएको स्वास्थ्य चौकी प्रमुख ढुंगेलले बताए । हेटौंडा उपमहानगरपालिका ६ का वडा अध्यक्ष बिष्णुबहादुर दाहालको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं, प्रदेश स्वास्थ्य मन्त्रालयका प्रवक्ता दीपक तिवारीले भएको कामलाई दीगो बनाउनेतर्फ ध्यान दिन आग्रह गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*