बागमतीमा कृषि मन्त्रालयको ८ महिना

साझाकुरा
२०८१ जेष्ठ ४, शुक्रबार १०:५१

हेटौंडा-बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आठ महिनाको अवधिमा भए÷गरेका कामको विवरण सार्वजनिक गरेको छ ।मन्त्रालयका सचिव राजेन्द्र कोइरालाले ८ महिनाको उपलब्धीबारे जानकारी दिन बिहीवार पत्रकार सम्मेलन गरे । सचिव कोइरालाले मन्त्रालयमा यसअघि हुने साना कार्यक्रम जिल्लास्थित मातहतका कार्यालयमा पठाएर मन्त्रालयलाई नीतिगत कार्यमा केन्द्रित गराएको दाबी गरे ।

मन्त्रालयको कार्यजिम्मेवारी बमोजिम नीति निर्माण, अनुगमन तथा समन्वयमा मन्त्रालय बढी केन्द्रित गरिएको, प्रदेश कृषि विकास सम्बन्धमा बनेको विधेयक, २०८० बागमती प्रदेशसभामा पेश भई विषयगत समितिमा छलफल गरिएको, मन्त्रालय तथा मातहतका कार्यालयको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक स्वीकृत कार्यक्रम सञ्चालनको लागि तयार गरिएको १८ वटा नयाँ कार्यविधिको स्वीकृत भएको उनले बताए ।

मन्त्रालय तथा अन्तर्गतका कार्यालयको संगठन संरचना तथा दरवन्दी तेरीज स्वीकृत भई कृषि विकास कार्यालय तथा पशुसेवा कार्यालय नरहेका जिल्लामा सेवाकेन्द्र स्थापना गरिएको, समुदायमा आधारित एक वडा एक कृषिउत्पादन कार्यक्रम ५ वर्षसम्म सञ्चालन हुनेगरी प्रदेश सरकारवाट कार्यविधि स्वीकृत गरिएको, बागमती प्रदेशका ८ जिल्लाका १० स्थानमा निर्माणाधीन शीतभण्डारमा भएका कमिकमजोरीलाइ सुधार गरी छिटोभन्दा छिटो सम्पन्न गर्न पहल गरिएको सचिव कोइरालाले बताए ।

हेटौंडामा निर्माण सम्पन्न भएको धुलो दुध उत्पादन गर्ने पाउडर प्लान्टको सञ्चालन मोडालिटिमा छलफल भइरहेको र हाल हेटौंडा दुग्ध वितरण आयोजनाले सञचालन गरिरहको सचिव कोइरालाले बताए । हाल सञ्चालित बीउ पँुजी कार्यक्रमलाइ थप परिस्कृत गर्दै कृषिक्षेत्रमा लगानी बढाउन बैंकतथा वित्तीय संस्थामार्फत कृषिकर्जा उपलब्ध गराउने र प्रदेशले प्रवाह भएको ऋणको व्याजनिश्चित समयसम्म त्रैमासिक, अर्धवार्षिक, वार्षिकरुपमा तिरिदिने गरी कार्यक्रम सञ्चालनमा संघीय सरकारसँग समन्वय भएको उनको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*