पल्सर स्पोटर््स अवार्ड २०८१ को चार विधाका मनोनयन सार्वजनिक

साझाकुरा
२०८२ भाद्र २२, आईतवार ११:३५

हेटौंडा-नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोटर््स अवार्ड अन्र्तगत वर्ष २०८१ को पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षक गरी चार विधाका मनोनयन सार्वजनिक भएका छन् ।नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को खेलाडी छनोट समितिले शनिवार एक कार्यक्रम आयोजना गर्दै २२ औं संस्करण अवार्डको चार विधाका मनोनयन सार्वजनिक गरेको हो । वर्ष पुरुष खेलाडी, महिला, युवा र प्रशिक्षकमा समान पाँच उत्कृष्ट मनोनयन समावेश गरिएको छनोट समितिले जनाएको छ । वर्ष पुरुषमा क्रिकेटका दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, उसुका विजय सिन्जाली, टेबलटेनिसका स्यान्टु श्रेष्ठ र खो खोका जनक चन्द मनोनयनमा परे । महिलातर्पmको मनोनयनमा करातेकी एरिका गुरुङ, फुटबलकी रेखा पौडेल, करातेकी एलिसा रास्कोटी मगर, खो खोकी मानमति धामी र भलिबलकी सलिना श्रेष्ठ परेका छन् ।

मञ्चका सचिव अनिल मल्लठकुरीको संयोजकत्वमा रहेको पाँच सदस्यीय छनोट समितिले खेलाडी र प्रशिक्षकको छनोट गरेको हो । समितिमा निरञ्जन राजवंशी, हिमेशरत्न बज्राचार्य र विराट
रायमाझी छन् । वर्ष २०८१ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भएका उत्कृष्ट प्रदर्शनका आधारमा मनोनयनमा समावेश गरिएको छ । वर्ष युवा खेलाडीको मनोनयनमा एथ्लेटिक्सका अजय विक, करातेकी अञ्जली महर्जन, क्रिकेटकी पूजा महतो, बक्सिङकी स्वस्तिका र फुटबलका समीर तामाङ परेका छन् । वर्ष प्रशिक्षकमा पारा तेक्वान्दोका कविराज नेगीलामा, करातेका कुशल श्रेष्ठ, बक्सिङका दीपक महर्जन, क्रिकेटका महेश रिजाल र खो खोका लक्ष्मीनारायण वैद्य मनोनयन परेका छन् ।

यसपल्ट अवार्ड राजधानी बाहिर पोखरामा आगामी भदौ २९ गते पोखरा इभेन्टस सेन्टरमा हुनेछ । सोही दिन चारै विधाको विजेता घोषणा गरिनेछ । पत्रकार सम्मेलनमा खेलाडी छनोट समितिका संयोजक ठकुरीले वर्ष २०८१ मा नेपाली खेलाडीले ऐतिहासिक सफलतासँगै धेरै राम्रो नतिजा पाएकाले मनोनयनमा गर्न कठिन भएको बताए । उनले एकवर्षभर नेपाली खेलकुदले पाएका सफलतालाई दस्तावेजका रुपमा राखिएको र त्यसले छनोट गर्न सहज भएको बताए ।

मनोनयन सार्वजनिक कार्यक्रममा छनोट समितिका सदस्य प्रजीत शाक्यले नेपाली खेलकुदले लामो समयदेखि प्रतीक्षा गर्ने कार्यक्रमकारुपमा अवार्ड रहेको बताए । मञ्चका पूर्वअध्यक्ष एवम् एआइपिएस एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशीले एआइपिएसका अध्यक्ष जियानी मिर्लो अवार्ड हेर्न आउने जानकारी दिए । यस संस्करणको पिपल्स च्वाइस विधाको मनोनयन यसअघि नै सार्वजनिक भइसकेको छ । पिपल्स च्वाइस विधाको मनोनयनमा विजय सिन्जाली (उसु), पूजा महतो (क्रिकेट), हिमाल सुनारी (भलिबल), रेखा पौडेल (फुटबल) र इभाना थापा (टेबल टेनिस) छन् । उनीहरुको भोटिङका लागि प्रचारप्रसार तीव्र भइरहेको छ ।

डिजिटल वालेट खल्ती बाइ आइएमईबाट भोटिङ, नेपाल खेलकुद पत्रकार मञ्चको र मुख्य प्रायोजक गोल्छा ग्रुपको आधिकारिक फेसबुक पेजबाट भोटिङ जारी छ । नेपाल ओलम्पिक कमिटीमा आबद्ध खेल संघका प्रमुख प्रशिक्षक र मञ्चका सदस्यले दिएको मत पनि यस विधाको विजेता छनोटको आधार हुनेछ । स्पोट्र्स अवार्डका अन्य विधा पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोट्र्स जर्नालिस्ट अवार्डको घोषणा कार्यक्रमकै दिनमा नै घोषणा गरिनेछ । वर्ष पुरुष, महिला, युवा र प्रशिक्षक विधाको विजेताले पल्सर मोटरबाइक पाउनेछन् । पिपल्स च्वाइस विधाको विजेतालाई पल्सर मोटरबाइक प्रदान गरिनेछ । अन्य विधाका विजेताले जनही एक लाख रुपैयाँ र गिफ्ट ह्याम्पर पाउने मञ्चले जनाएको छ ।

यसवर्ष पनि एनएसजेएफ पल्सर स्पोटर््स अवार्डको मुख्य प्रायोजकको रुपमा गोल्छा गु्रपको बजाज पल्सर मोटरसाइकल छ । नेपाल खेलकुद पत्रकार मञ्च र गोल्छा गु्रपबीच अवार्डकै लागि सहकार्य भएको यो १७ औं वर्ष हो । अवार्डको प्रवद्र्धकमा पोखरा महानगरपालिका छ । अन्य सहयोगीहरुमा खल्ती, नासा सेक्युरिटिज, केल्मी नेपाल, यति एयरलाइन्स, मझेरी रिसोर्ट एण्ड स्पा, म्याजेस्टिक, प्लाजा गु्रप अफ होटल्स, इमेजिङ, राष्ट्रिय खेलकुद परिषद् (राखेप), वागमती खेलकुद विकास परिषद्, सूर्य नेपाल, होटल रोयल सिंगी, नेपाल टुरिजम बोर्ड, स्विफ्ट होलिडेज, रारा चाउचाउ र नेपाल ओलम्पिक कमिटी (एनओसी) छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*