चित्लाङको भाषा, कला र संस्कृति संरक्षणमा स्थानीय जुट्दै

साझाकुरा
२०८३ बैशाख ५, शनिबार ०८:५६

हेटौँडा- उत्तरी मकवानपुरको साँस्कृतिक एवम् पर्यटकीय सहर चित्लाङको भाषा, कला र संस्कृति संरक्षण थालिएको छ ।ऐतिहासिक चित्लाङमा विभिन्न समयमा लाग्ने जात्रा, पर्व र नाचको संरक्षणमा जुट्दै आएको भाषा, कला र संस्कृति संरक्षण समिति, चित्लाङले दीगो तथा समतामूलक विकास, नेपालसँगको साझेदारीमा भाषा, कला र संस्कृतिको गर्ने भएको हो ।दीगो तथा समतामूलक विकास, नेपालले ग्लोबल ग्रिन ग्राण्ट फण्डको सहयोगमा सञ्चालन हुने परियोजनाको प्राविधिक पक्ष समितिले गर्ने गरी दीगो तथा समतामूलक विकास, नेपाल र भाषा कला संस्कृति संरक्षण समिति, चित्लाङबिच सम्झौता भएको समितिका अध्यक्ष राजन बलामीले जानकारी दिएका छन् ।

परियोजनाका लागि १० लाख रुपियाँ अनुदान प्राप्त हुनेभएको छ । चित्लाङमा कात्तिक नाच, गाई जात्रा, हिले जात्रा, भैरव जात्रा, कृष्ण जात्रा, महालक्ष्मी जात्रालगायतका नाच र पर्वहरु चल्दै आएको छ ।परियोजनाअन्तर्गत् चित्लाङको भाषा, कला र संस्कृति संरक्षणका लागि जात्रा र पर्वमा आवश्यक बाँसुरी प्रशिक्षण, धिमे बाजा प्रशिक्षण, बलामी समुदायको पोशाकलगायत जात्रा पर्वमा आवश्यक भेषभुषा, बाजागाजाका सामाग्रीहरु खरिद गर्ने योजना रहेको अध्यक्ष बलामीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*