बजेटसम्बन्धी छलफल तथा अन्तरक्रिया

साझाकुरा
२०८३ जेष्ठ १३, बुधबार ११:३५

हेटौंडा-नेकपा (एमाले) बागमती प्रदेश संसदीयदलको आयोजनामा हेटौंडामा प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने बजेटसम्बन्धी छलफल तथा अन्तरक्रिया भएको छ । कार्यक्रममाप्रदेशको समग्र विकास, जनअपेक्षा अनुसारको बजेट निर्माण, उत्पादन र रोजगारी अभिवृद्धि, पूर्वाधार विकास तथा सुशासनका विषयमा व्यापक छलफल भएको हो ।कार्यक्रममा पार्टीका सचिव तथा बागमती प्रदेशइन्चार्ज राजन भट्टराईले पार्टीभित्र नेतृत्वमाथि विभिन्न कोणबाट निरन्तर प्रहार भइरहे पनि सम्पूर्ण नेता तथा कार्यकर्ता एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए । उनले अहिलेको राजनीतिक परिस्थितिमा पार्टीएकता, संगठनात्मक मजबुती र जनतासँगको सम्बन्ध थप सुदृढ बनाउन आवश्यक रहेको उल्लेख गरेका छन् । उनले आगामी बजेट जनताको आवश्यकता, उत्पादनवृद्धि, कृषिप्रवद्र्धन, शिक्षा, स्वास्थ्य तथा रोजगारी सिर्जनालाई केन्द्रमा राखेर ल्याउनुपर्ने धारणा राखे ।

पार्टीका सचिव महेश बस्नेतले पार्टी अध्यक्ष तथा पार्टीमाथि भइरहेका विभिन्न प्रकारका षड्यन्त्रलाई एकताबद्ध भएर सामना गर्नुपर्ने बताएका छन् । उनले पार्टीभित्रको एकता, अनुशासन र सक्रियताले मात्रै राजनीतिक चुनौती सामना गर्न सकिने उल्लेख गर्दै विकास र समृद्धिको यात्रामा सबै एकजुट हुनुपर्ने बताए । उनले प्रदेश सरकारको आगामी बजेट विकास निर्माण, जनजीविका सुधार, उद्योग, पर्यटन, कृषि तथा युवालक्षित कार्यक्रममुखी हुनुपर्नेमा जोडदिए । कार्यक्रममा बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रदेशको समग्र विकासका लागि नीति तथा कार्यक्रम र बजेट जनमुखी, उत्पादनमुखी तथा परिणाममुखी हुनुपर्ने बताए ।

उनले कृषि, उद्योग, पर्यटन, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर प्रदेशको आर्थिक समृद्धि हासिल गर्न सकिने उल्लेख गरे । उनले जनताको जीवनस्तरमा प्रत्यक्ष सुधार ल्याउने योजना तथा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै सुशासन, पारदर्शिता र उत्तरदायित्वसहित विकास निर्माणका कामलाई तीव्रता दिन आवश्यक रहेको बताए । उनले प्रदेश सरकार, जनप्रतिनिधि, कर्मचारी तथा आमजनताको सहकार्यबाट मात्रै समृद्ध बागमती प्रदेश निर्माण सम्भव हुने धारणा व्यक्त गरे । उनले सोहि अनुसार बजेट निर्माण गर्न दलका तर्फबाट मन्त्री भएका नेताहरुलाई निर्देशन दिए ।

कार्यक्रममा सहभागी जिल्लाध्यक्षले आआफ्ना जिल्लाको आवश्यकता, सम्भावना र विकासका प्राथमिकताका विषयमा धारणा राखेका थिए । उनीहरुले बजेट विनियोजन गर्दा जिल्लाको वास्तविक आवश्यकता पहिचान गरी योजनाबद्ध रुपमा अघि बढ्नुपर्ने सुझाव दिए । एमाले काठमाडौं अध्यक्ष दीपक निरौला, मकवानपुर अध्यक्ष हिदम लामा, चितवन अध्यक्ष कमल पाठक, सिन्धुपाल्चोक अध्यक्ष होमनारायण श्रेष्ठ, रामेछाप अध्यक्ष पुरुषोत्तम कडरिया, धादिङ अध्यक्ष अर्जुन श्रेष्ठ, दोलखा अध्यक्ष नर श्रेष्ठ तथा काभ्रे अध्यक्ष राजन भुर्तेलले जिल्लाको आवश्यकता र जनताको अपेक्षाअनुसार सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा रोजगारीका क्षेत्रमा बजेट केन्द्रित गर्नुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा नारायण सिलवाल तथा पार्टीका केन्द्रीय सदस्य माधव ढु·ेलको उपस्थिति रहेको थियो । उनीहरुले प्रदेश सरकारले जनअपेक्षाअनुसार परिणाममुखी योजना तथा कार्यक्रम ल्याउनुपर्ने र विकास निर्माणका कामलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्नुपर्ने धारणा राखे । कार्यक्रमको सञ्चालन प्रमुखसचेतक एकालाल श्रेष्ठले गरेका थिए । कार्यक्रममा प्रदेशसभा सदस्य, पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*