भीमफेदीको जनप्रतिनिधिले गरे शपथग्रहण

साझाकुरा
२०७९ जेष्ठ १०, मंगलवार ०९:३४

हेटौंडा-हेटौंडा मकवानपुरको भीमफेदी गाउँपालिकाको नवनिर्वाचित जनप्रतिनिधिहरुको शपथग्रहण गरेका छन् ।सोमबार गाउँपालिकाको उपाध्यक्ष संजिव श्रेष्ठसहित वडा अध्यक्ष तथा वडा सदस्यहरुले पद तथा गोपनीयताको सपथ गरेका हुन् । उनीहरुलाई गाउँपालिकाको अध्यक्ष हिदम लामाले पद तथा गोपनीयताको सपथ गराए ।शथपग्रहण पश्चात पदभार ग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष लामाले वडाध्यक्षहरुलाई देशको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, देवानी तथा फौजदारी संहितासहित आवश्यक ऐन कानूनहरु पढेर मात्र काम अघि बढाउन निर्देशन दिए । अध्ययन र योजनाको आधारमा मात्र भौतिक पूर्वाधार लगायत अन्य क्षेत्रको काम अघि बढाईने लामाले बताए ।

पद तथा गोपनीयताको सपथ पछि पालिका उपाध्यक्ष श्रेष्ठले नेकपा एमाले, गठबन्धन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र सहित सबै राजनीतिक दलहरुको घोषणापत्र र सपना पुरा गर्न साझा ब्यक्तिको रुपमा काम गर्ने बताए । ‘निर्वाचित भइसकेपछि म कांग्रेसको मात्र प्रतिनिधि हैन, सबैको भावना बुझेर युवा जोशका साथ जनताको हितमा काम गर्नेछु ।’ पद तथा गोपनीयताको सपथसँगै उनले पदभार ग्रहण गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*