इटेनीद्वारा अध्यक्ष पदमा उम्मेदवारी दर्ता, १० बुँदे प्रतिबद्धता सार्वजनिक
हेटौंडा- नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय अध्यक्षका प्रत्याशी हेटौंडाका ब्यवसायी उत्सव इटेनीले आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका छन् । काठमाडौंंमअ जारी एसोसिएसनको ४६औँ वार्षिक साधारणसभा तथा १७औँ राष्ट्रिय सम्मेलनमा उनले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् । इटेनीले पेट्रोलियम व्यवसायी विभिन्न समस्याबाट गुज्रिरहेको उल्लेख गर्दै व्यवसायीको हकहित, समस्या समाधान तथा व्यवसाय प्रवद्र्धनका लागि प्रभावकारी पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले सिण्डिकेट, वर्किङ लस र कमिसनसम्बन्धी विषयलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार व्यवस्थापन गर्न पहल गर्ने, पेट्रोलियम व्यवसायीका दुई संस्थालाई एकीकृत बनाउने, २१ क्षेत्रका व्यवसायीको हकहितका लागि निरन्तर काम गर्ने तथा पेट्रोलियमपदार्थको नियमित आपूर्तिका लागि नेपाल आयल निगमसँग समन्वय र सहकार्य बढाउने बताएका छन् ।
व्यवसायीलाई एकताबद्ध बनाउने, डिलर्समा कार्यरत कर्मचारीको स्वास्थ्य र सुरक्षामा विशेष ध्यान दिने, सामाजिक उत्तरदायित्वका कार्यक्रम विस्तार गर्ने, व्यवसायलाई प्रविधिमैत्री बनाउने, एसोसिएसनको सचिवालयलाई थप व्यवस्थित गर्ने तथा पेट्रोलियम व्यवसायमा देखिएका विसंगति अन्त्यका लागि संगठित रुपमा काम गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको ४६औँ वार्षिक
साधारणसभा तथा १७औँ राष्ट्रिय सम्मेलन असार ५ र ६ गते भइरहेको छ ।







