भीमफेदीका सुजल लागुऔषधसहित पक्राउ

साझाकुरा
२०८३ असार ६, शनिबार १५:४०

हेटौंडा- लागूऔषधसहित मकवानपुरको भीमफेदी गाउँपालिका–२, कालिटारका २० वर्षीय सुजल थापालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । हेटौंडा बजारबाट बा प्र ०२–०६० प ४२२२ नम्बरको स्कुटरमा भैंसेतर्फ जाँदै गरेका थापालाई प्रहरीले लागूऔषधसहित पक्राउ परेको जनाएको छ ।राजमार्गक्षेत्रमा सुरक्षाजाँच गर्ने क्रममा २ ग्राम ६२० मिलिग्राम लागूऔषध खैरोहेरोइनसहित थापाको साथबाट ८ ट्याब्लेट लागूऔषध नाइट्राजेपाम बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले थापालाई हिरासतमै राखेर थप अनुसन्धान तथा आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढाएको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*