चारसय २२ किलो लागूऔषध गाँजा नष्ट
हेटौंडा- मकवानपुर प्रहरीले चारसय २२ किलो लागूऔषध गाँजा नष्ट गरेको छ । गत जेठ ८ गते राति थाहा नगरपालिका–३ घर्तिखोलामा रोकिराखेको ना. ६ ख ३२४३ नम्बरको मिनी ट्रकमा फेला परेको गाँजा प्रहरीले नष्ट गरेको हो । उक्त परिमाणको गाँजा मंगलबार इलाका प्रहरी कार्यालय पालुङनजिकै खोलाकिनारमा जलाएर नष्ट गरेको छ ।
प्रहरीले ट्रकमा कोही पनि नभएको अवस्थामा २८ पोका गाँजा फेला पारेको थियो । अनुसन्धानका क्रममा सो गाँजा कसले ल्याएका हुन् भन्ने एकिन भइनसकेको प्रहरीले जनाएको छ ।







