कुखुरा व्यवसायी संघ अध्यक्षमा मैनाली चयन

साझाकुरा
२०७९ फाल्गुन २१, आईतवार ११:३७

हेटौंडा- कुखुरा व्यवसायी संघ मकवानपुरको अध्यक्षमा राजेन्द्र मैनाली चयन भएका छन् । शनिबार हेटौंडामा भएको संघको १६ औं वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनले मैनालीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।संघको वरिष्ठ उपाध्यक्ष जयराम अर्याल, प्रथम उपाध्यक्ष गोविन्द सापकोटा, द्वितीय उपाध्यक्ष श्यामसुन्दर परियार, महासचिव रविन ढकाल, सचिव विनोदकुमार थापा, कोषाध्यक्ष कृष्ण अधिकारी तथा सदस्यमा संगीता सिलवाल, राजकुमार श्रेष्ठ, लक्ष्मी अधिकारी, कृष्ण खत्री, ओमनाथ घिमिरे, नवराज लुईटेल, रामप्रसाद अर्याल र गणेश खड्का चयन भएका छन् ।

संघका अध्यक्ष गोकुलनाथ पौडेलको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँको प्रमुख आतिथ्यतामा सभा भएको थियो । सभामा मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्षद्धय प्रमोद सिंह रानाभाट र राजु अधिकारी लगायतको आतिथ्यता रहेको थियो । संघको यो १६ औं वार्षिक साधारण सभा तथा पाँचौ विषेश अधिवेसन भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*