चुरियामाई मन्दिर परिसरमा शव फेला
हेटौंडा- मकवानपुर र बाराको सीमाना हेटौंडा उपमहानगरपालिका–१५, चुरियामाई मन्दिर परिसरमा एक जनाको शव फेला परेको छ ।चुरियामाई मन्दिर छेउको सिँढीमा पहिचान खुल्न नसकेको हरीका अनुसार मृत फेला परेका पुरुष लामो समयदेखि मन्दिरमा बस्दै गरेको जोगी रहेको बुझिएको छ । मृतकको शवलाई पोष्टमार्टमका लागि अस्पताल ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।







