मकवानपुरमा थपिए जनयुद्धका ६३ सहिद

साझाकुरा
२०७९ चैत्र ५, आईतवार ११:०२

हेटौंडा, ४ चैत÷सरकारले १० वर्षे जनयुद्धका क्रममा सहिद भएका ८ हजार ३७१ जनाको नामावली राजपत्रमा प्रकाशित गरेको छ । नेपालको राष्ट्रिय हित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि भएको सशस्त्र संघर्ष, क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने व्यक्तिलाई सम्मानस्वरुप फागुन १५ गते सहिद घोषणा गर्ने निर्णय भए अनुसार उनीहरूको नामावली गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको हो ।

मन्त्रालयले ताप्लेजुङदेखि कैलाली जिल्लासम्म ७५ जिल्लाको सूची छुट्टाछुट्टै बनाएर प्रकाशितगरेको हो । सूची अनुसार सबैभन्दा बढी रोल्पाका ७५३ जना सहीद
रहेका छन् भने त्यसपछि क्रमशः दोस्रोमा रुकुमका ५८४ जना, तेस्रोमा कालिकोटका ४३३ जना रहेका छन् । सबैभन्दा कम सहिद रहेको जिल्लामा भक्तपुर ६ जना, काठमाडौं ७ र ललितपुर १४ जना रहेका छन् ।

नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले निर्णयगरेअनुरुप सशस्त्र द्वन्द्व र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने शहीदहरुको नामावली नेपालराजपत्रमा प्रकाशित भएको छ।गत फागुन १५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले जनयुद्धदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म भएका शहीदहरुको नामावली राजपत्रमा प्रकाशित गरी राष्ट्रिय शहीदको मान्यता दिने निर्णय गरेको थियो।मन्त्रिपरिषद्को निर्णयपछि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पत्र पठाई सहिदहरुको अभिलेख माग गरेको थियो। ७७ जिल्लाबाट प्राप्त सोही अभिलेखका आधारमा शहीदहरुको नामावली राजपत्रमा प्रकाशित
भएको छ।

जनयुद्धका सहीदहरुलेराष्ट्रिय शहीदको मान्यता पाउनुपर्ने माग बारम्बार उठ्दै आएको भएपनि उनीहरुले राष्ट्रिय सहिदको मान्यता पाउन सकेका थिएनन्। यससँगै जनयुद्धकालमा राज्य र विद्रोही पक्षबाट ज्यान गुमाएका नागरिकहरुले राष्ट्रिय शहीदको मान्यता पाएका छन ्। राष्ट्रिय शहीदका परिवारहरुले यसअघि सहिद घोषणा भई राज्यबाट परिपूरण र सम्मानस्वरुप प्राप्तगरेको सुविधाअनुरुप नै क्षतिपूर्ति, परिपूरण र सम्मान पाउनेछन्।

बागमती प्रदेशमा मारिएका १ हजार १०६ जनामध्ये दोलखा ११२, रामेछाप ८८, सिन्धुली १४५, काभे्रपलाञ्चोक १३५, सिन्धुपाल्चोक १८५, रसुवा १९, नुवाकोट १६३, धादिङ ६९, चितवन १०७, मकवानपुर ६३, भक्तपुर ६, ललितपुर १४ र काठमाडौं ७ जना छन् .

यसमा तपाइको मत

Your email address will not be published.


*