विद्यालय कर्मचारी थाहाको अध्यक्षमा श्रेष्ठ

साझाकुरा
२०७९ चैत्र ५, आईतवार ११:२५

हेटौंडा-नेपाल विद्यालय कर्मचारी युनियन थाहा नगर कमिटीको प्रथम अधिवेशन भएको छ । अधिवेशनले युनियनको अध्यक्षमा जर्मलाल श्रेष्ठलाई चयन गरेको छ ।
थाहा नगरपालिकाका प्रमुख विष्णुबहादुर विष्टको प्रमुख आतिथ्य तथा युनियनका नगर अध्यक्ष मधुसूदन रायमाझीको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको हो । ३ वर्षअघिदेखि क्रियाशील कर्मचारी युनियनको अधिवेशनले आगामी कार्यकालको लागि झम्केश्वरी माविका जर्मलाल श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । सर्वसम्मत रुपमा निर्वाचित ११ सदस्यीय कमिटीको उपाध्यक्षमा रोजिना सापकोटा, सचिवमा पुरुषोत्तम गोपाली, कोषाध्यक्षमा राजाराम गोपाली, सहसचिवमा रत्नमाया महर्जन रहेका छन् ।

निर्वाचन अधिकृत भूमिराज अवस्थिका अनुसार कमिटीको सदस्यहरुमा रविन्द्रप्रसाद विडारी, सञ्जिव बलामी, मंगलमाया बल, बाबुकाजी आलेमगर, भावना थापा, अञ्जु मोक्तान, सुनिता थिङ र राजेन्द्र अर्जेल निर्वाचित भएका छन् । अध्यक्ष चुनिएका जर्मलाल श्रेष्ठ यसअघि नेपाल विद्यालय कर्मचारी युनियन थाहा नगर कमिटीको संस्थापक सचिव थिए । झम्केश्वरी माविमा दुई दशकदेखि कार्यरत श्रेष्ठ विद्यालयको लेखा व्यवस्थापनमा जिल्लाकै उत्कृष्ट मानिन्छन् । विद्यालयको लेखा प्रणाली व्यवस्थापनमा लेखा
परीक्षकहरुले झम्केश्वरी माविलाई थाहाकै उत्कृष्ट भन्दै आएका छन् । पालुङ जेसीज २०१५ का अध्यक्ष रहेका श्रेष्ठ पत्रकारितामा समेत दख्खल राख्छन् ।

अधिवेशनमा बोल्दै मेयर बिष्टले विद्यालयमा कार्यरत लेखापाल तथा कर्मचारीहरुको समस्यालाई अध्ययन गरी सम्बोधन गर्ने बताए । अधिवेशनमा अखिल नेपाल शिक्षक संघका केन्द्रीय अध्यक्ष सानोभाई कार्की, निजी तथा आवासीय विद्यालय अर्गानाजेशन नेपाल (प्याब्सन) थाहानगर अध्यक्ष सुरेन्द्रमान प्रधान, एकीकृत नेपाल शिक्षक संगठन थाहानगर अध्यक्ष मनोज रायमाझी, नेपाल शिक्षक संगठन थाहानगर अध्यक्ष रुपचन्द्र गोपाली, झम्केश्वरी माविका प्रधानाध्यापक गणेशमान श्रेष्ठ, नाटेश्वर माविका प्रधानाध्यापक धर्मेन्द्र अर्याल, नेपाल शिक्षक महासंघ थाहा नगरका अध्यक्ष राजाराम कार्की, नेपाल विद्यालय कर्मचारी युनियनका केन्द्रीय सहमहासचिव अर्जुन थापा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*