बेहोस भएर ढलेका पण्डितको मृत्यु

साझाकुरा
२०७९ चैत्र ६, सोमबार ११:२५

हेटौंडा-हेटौंडा औद्योगिक क्षेत्रभित्र सुरक्षागार्डमा काम गर्दागर्दै बेहोस भएका हेटौंडा उपमहानगरपालिका–८, कमाने बस्ने बाबुराम पण्डितको मृत्यु भएको छ । अन्दाजी ५५ वर्षीय पण्डित शनिवार औद्योगिक क्षेत्रभित्र रहेको पोलिमर कम्पनीमा सुरक्षागार्डको डिउटीमा रहेको अवस्थामा अचानक बिहोस भएर ढलेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटना बारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*