थाहाका पाँच जनालाई ह्वीलचियर सहयोग
हेटौंडा-थाहा नगरपालिका क्षेत्रका पाँचजना अपाङ्गता भएकाहरुका लागि रोटरी क्लव अफ काठमाडौं वेस्टले ह्वीलचेयर सहयोग गरेको छ । रोटरी क्लब अफ ताइवान र रोटरी क्लब अफ पोखराको सहयोगमा थाहानगरका ५ जनालाई व्यक्तिगत र पालुङ प्राथमिक स्वास्थ्य केन्द्रलाई दुईवटा ह्वीलचियर सहयोग गरेको हो । रोटरी क्लव अफ काठमाडौं वेस्टले थाहा नगरपालिका वडा नम्बर १० का समर गमाल र भुकुमाया गमाल, ४ नम्बर वडाकी प्यारा अधिकारी, ५ नम्बर वडाकी विनिता भोम्जन र ७ नम्बर वडाकी पुष्पा कार्कीलाई ह्वीलचियर हस्तान्तरण गरेको हो ।
दुईवटा ह्वीलचियर पालुङ प्राथमिक स्वास्थ्य केन्द्रका लागि डाक्टर शक्ति चौरासियालाई हस्तान्तरण गरिएको छ । थाहा नगरपालिकाको समन्वयमा भएको ह्वीलचेयर वितरण कार्यक्रम थाहानगर प्रमुख विष्णुबहादुर विष्टको अध्यक्षतामा भएको थियो ।कार्यक्रममा रोटरी क्लव अफ काठमाडौं वेस्टका पास्ट प्रेसिडेन्ट दिग्वीजय बिष्ट, पास्ट प्रेसिडेन्ट सारदाभक्त रन्जित, बिष्ट समाजका सुवासचन्द्र बिष्ट, अरुण बिष्ट, अपांग सरोकार समिति थाहा नगरका अध्यक्ष मनलाल गोपाली, थाहा नगरपालिका सामाजिक विकास अधिकृत अनिल लामिछाने, नारायणी यातायात व्यावसायी संघका महासचिव सरोजकुमार खनाल, जनकल्याण माविका प्रधानाध्यापक सानोभाइ कार्की पालुङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर शक्ति चौरासिया लगायतकाको उपस्थिति रहेको थियो ।







