अध्यक्ष गुप्तालाई पत्नी शोक

साझाकुरा
२०७९ चैत्र ८, बुधबार ११:२१

हेटौंडा- मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्तालाई पत्नी शोक परेको छ । उनकी धर्मपत्नी ५३ वर्षीया कृष्णा (खुस्बु) कुमारी गुप्ताको मंगलबार उपचारको क्रममा निधन भएको हो । गुप्ताको मुटुमा समस्या देखिएपछि काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचारतका लागिएको थियो । उनको उपचारकै क्रममा बुधवार निधन भएको जनाइएको छ । पछिल्लो समय राजनीतिमा सक्रिय देखिएकी उनी ४ मंसिरमा भएको प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट बागमती प्रदेशको मधेशी कोटाबाट समानुपातिक उम्मेदवार समेत थिइन् । मृतक गुप्ताको एक छोरा र तीन छोरी छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*