हेटौंडामा हिमालयन फाष्टफुड
हेटौंडा-हेटौंडा उपमहानगरपालिकामा शुद्ध शाहाकारी होटलहरुको संख्या थपिने क्रम जारी छ । हेटौंडामा शाकाहारी होटलहरु थपिँदै गएका छन् ।पछिल्लो समय हेटौंडा–४, स्कुलरोडमा शुद्ध शाहाकारी हिमालयन स्विट एण्ड फाष्टफुड सञ्चालनमा आएको छ । हिमालयन फाष्टफुडले चाट काउन्टर राखेर सेवा सुरु गरेको हो । चाट काउन्टरमा विशेष गरी सफा अनि ताजा क्वालिटि युक्त फाष्टफुडहरु जस्तै राज कचौडी, पापडी चाट , पानी पुरी, सुजि आटा, ढोसा, दही बढा, मिक्स चाट, पाउभाजी, छोला भटौरा, समोसा लगायतका परिकार पाईने छ । होटलमा विभिन्न मिठाईका परिकारका पनि उपलब्ध रहेको जनाइएको छ । बेकरी आईटमहरु पनि राखिएको होटलका सञ्चालिका अञ्जु अग्रवालले जानकारी दिएकी छन् ।
हेटौडाबासीलाई फरक अनि सफा स्वच्छ र स्वादिष्ट खाजाका परिकार दिन शुद्ध शाकाहारीको होटल सञ्चालनमा ल्याएको अग्रवालले बताइन् । करिब पचास लाखको लगानीमा होटल सञ्चालन गरिएको उनको भनाई छ ।हिमालयन स्विट एण्ड फाष्टफुडको उद्घाटन आफनो परिवारको ज्येष्ठ सदस्य ९० वर्षीया हजुरआमा प्रेमलता अग्रवालबाट
गरिएको उनले बताएकी छन् । होटलले डेलिभरीको पनि प्रबन्ध मिलाएको छ ।







