स्याङ्तानको नेतृत्वमा तामाङ संघ मकवानपुरगढी
हेटौंडानेकपा एमाले निकट मकवानपुरगढी गाउँपालिकामा लोकतान्त्रिक तामाङ संघ नेपाल मकवानपुरगढी गाउँ कमिटी गठन गरिएको छ ।मकवानपुरगढी–६ डुम्रेकुनामा शुक्रबार भएको प्रथम अधिवेशनबाट संघको अध्यक्षमा नरबहादुर स्याङ्तान चयन भएका छन् । स्याङ्तानको अध्यक्षतामा १७ सदस्यीय कमिटी चयन गरिएको हो । संघको उपाध्यक्षमा दिलकुमारी थिङ, सचिवमा जुलाबसिंह योञ्जन, उपसचिवद्वय सन्तबहादुर सिंगार, भीममाया लामा र कोषाध्यक्षमा छयोईसन स्याङतानलगायत चयन भएका छन् । लोकतान्त्रिक तामाङ संघ नेपाल केन्द्रीय सदस्य चन्द्र योञ्जनको सभाध्यक्षतामा तथा लोकतान्त्रिक तामाङ संघ नेपाल केन्द्रीय उपमहासचिव सुनिल मोक्तानको प्रमुख आतिथ्यतामा अधिवेशन भएको हो ।
कार्यक्रममा लोकतान्त्रिक तामाङ संघ नेपाल केन्द्रीय सदस्य तथा आदिवासी जनजाति महासंघ जिल्ला अध्यक्ष फुर्वा दोर्जे लामा, एमाले मकवानपुरका सचिवालय सदस्य तथा मकवानपुरगढी गाउँपालिका इञ्चार्ज बिदुर हुमागाई, आदिबासी जनजाति महासंघ नेपाल प्रदेश सदस्य तथा पार्टी जिल्ला सचिवालय सदस्य मेम्बर लो, पार्टी गाउँ कमिटी अध्यक्ष रामजी सापकोटालगायतको आतिथ्यता रहेको थियो ।







