हेटौंडा साहित्य महोत्सवसँगै ११ स्रष्टालाई सम्मान गरिने
हेटौंडा- मकवानपुरको अग्रणी साहित्यिक संस्था साहित्य संगम मकवानपुरले हेटौंडामा साहित्य महोत्सवको आयोजना गर्ने भएको छ ।आगामी वैशाखमा हेटौंडा साहित्य महोत्सव–२०८० आयोजना गरिने संगमले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । साहित्यसहित हेटौंडाका विविध पक्षमा बहस तथा छलफलका लागि महोत्सव आयोजना गरिएको संगमकी अध्यक्ष अनिता न्यौपानले जानकारी दिएकी छन् । महोत्सव वैशाखको ८ र ९ गते आयोजना गरिने भएको छ । हेटौंडा उपमहानगरपालिका कार्यालयको आर्थिक सहयोगमा आयोजना गरिने महोत्सवका लागि नेपाल प्रज्ञा प्रतिष्ठानसहितका संस्थासँग सहकार्यका लागि छलफल भइरहेको उनले
बताइन् ।
महोत्सवमा साहित्यका विभिन्न पक्षमा, हेटौंडाको विकासको बहस, कविता वाचन, गजल महफिल, मुक्तक वाचन, पुस्तक प्रदर्शनी, चित्रकला प्रर्दशनी, आदिवासी जनजातिका कथालगायतका विषय रहेको अध्यक्ष न्यौपानले जानकारी दिइन् । मकवानपुरे साहित्यमा २०४४ सालदेखि क्रियाशील संगमले पहिलो पटक साहित्यिक महोत्सव आयोजना गर्न लागेको हो । महोत्सवमा वागमती प्रदेशसहित देशका विभिन्न स्थानबाट साहित्यकारको सहभागित रहने जनाइएको छ । महोत्सव सम्पन्न गर्नका लागि ५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
महोत्सवमा संगमले प्रदान गर्ने सम्मान पनि प्रदान गर्ने भएको छ । पत्रकार सम्मेलनमा प्रदान गरिने सम्मान पनि सार्वजनिक गरिएको छ । संगमले मकवानपुुर साहित्यश्री सम्मान २०७९ का लागि मकवानपुरका साहित्यकार÷गीतकार शम्भु बास्कोटालाई प्रदान गरिने भएको छ । जसको राशी १५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ । यो सम्मान तत्कालीन जिविस मकवानपुरले दुुई लाख राशीको अक्षयकोष मार्फत् स्थापना गरिएको थियो । यस्तै, हास्यव्यंयकार भैरव अर्याल परिवारको सहयोगमा साहित्य संगम मकवानपुरले दुुई लाख पचास हजारको अक्षयकोष स्थापना गरेको भैरव अर्याल स्मृति सम्मान २०७९ साहित्य लेखन, पत्रकारिता, व्यंग्य र बज्जिका भाषामा निरन्तर साधनारत साहित्यकार सञ्जय साहलाई प्रदान गरिने भएको छ । यसको राशी २१ हजार १ सय ११ रुपैयाँ रहेको छ ।
यसैगरी, हास्यव्यग्यकार आरसी रिजालले आफ्नो आमाको स्मृतिमा स्थापना गरेको णकुमारी स्मृति साहित्य पुरस्कार यसवर्ष ज्ञानदीप शिक्षा निकेतनकी उपासना थापालाई प्रदान गरिने भएको छ । जसको राशी ५ हजार रुपैयाँ रहेको छ । यो पुुरस्कार ९ देखि १२ कक्षामा अध्ययनरत छात्राबीच चित्रकला प्रतियोगिता गराइ छनोट गरी प्रदान गर्न लागिएको हो । प्रत्येक वर्ष साहित्य तथा कलाका फरकफरक विधामा प्रतियोगिता गराइ यो पुरस्कार प्रदान गरिँदै आइरहेको छ । यस्तै शिक्षासेवी डेण्टीजंग शाहले आफ्ने दिवंगत छोराको स्मृतिमा स्थापना गरेको शेषजंग स्मृति कथा पुरस्कार यसवर्ष बालजागृति सेकेन्डरी बोर्डिङ स्कुलकी छात्रा कृषाङ्गी अर्याललाई प्रदान गरिने भएको छ ।
जसको राशी ५ हजार रुपैयाँ रहेको छ । सो पुरस्कार ९ देखि १२ कक्षामा अध्यययनरत छात्रछात्राबीच कथा प्रतियोगिता गराइ छनोट गरी प्रदान गरिन्छ । प्रत्येक वर्ष साहित्यको कथा विधालाई यो पुरस्कार प्रदान गरिदै आइरहेको छ ।यसैगरी, साहित्यकार विशाल अधिकारी (आशुतोष)ले आफ्नो पिताको सम्झनामा स्थापना गरेको भेषनाथ अधिकारी स्मृति छन्द सम्मान यसवर्ष छन्दकवि सुदेश सत्याललाई प्रदान गरिने भएको छ । जसको राशी १५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ । यस्तै, हाल अमेरिका निवासी दीपक मुडभरीले आफ्नो मातापिताको नाममा स्थापना गरेको सुभद्रादेवी–मदन मुडवरी स्मृति सम्मान २०७९ साहित्यकार पूर्णकला घिमिरेलाई प्रदान गरिने भएको छ । यसको
राशी दश हजार रुपैयाँ रहेको छ ।
यस्तै, शिक्षासेवी देवप्रसाद श्रेष्ठले आमाको स्मृतिमा स्थापना गरेको मंगलादेवी श्रेष्ठ स्मृति नारी सम्मान–२०७९ मकवानपुरमा जन्मेर काठमाडौं कर्मथलो बनाइ साहित्यमा सक्रिय स्रष्टा विना थिङलाई प्रदान गरिने भएको छ । जसको राशी दश हजार रुपैयाँ रहेको छ । यसैगरी, साहित्यसेवी मुुक्तिगाविन्द वैद्य र उनकी धर्मपत्नी तारादेवी वैद्यले स्थापना गरेको मुक्ति–तारा सम्मान २०७९ का लागि सुत्रकथाकार श्यामकृष्ण ज्ञवाली (एस.के निधन) लाई प्रदान गरिने भएको छ । जसको राशी दश हजार रुपैयाँ रहेको छ । यस्तै, हाल अस्टे«लिया बसोबास गर्दै आएका साहित्यकार जेनन नेपाल र शर्मिला दुुलालले आफ्नो हजुरआमा÷हजुरबुुबाको स्मृतिमा स्थापना गरेको डम्बर–पूर्णमाया स्मृति कविता सम्मान २०७९ का लागि साहित्यकार मनुु मञ्जिललाई प्रदान गरिने निर्णय गरेको छ ।
जसको राशी २२ हजार २ सय २२ रुपैयाँ रहेको छ । यो सम्मान पहिलोपटक प्रदान गर्न लागिएको हो । संगमका संस्थापक मध्येका एक साहित्यकार केशव श्रेष्ठ ‘ज्योति’ले साहित्य संगम मकवानपुरको नाममा स्थापना गरेको साहित्य संगम मकवानुर कृति सम्मान–२०७९ का लागि कथासंग्रह अपरिचित अनुहारका लागि साहित्यकार महेश पौडेललाई प्रदान गरिने भएको छ । जसको राशी २५ हजार रहेको छ । यसै वर्षबाट प्रदान गरिन लागेको यस सम्मानका लागि २०७८ सालभित्र प्रकाशित भएका कथाका कृतिहरुबाट छनोट गरिएको हो ।
यसैगरी, साहित्यकारद्वय ऋषि के.बी र पुुण्यशिला श्रेष्ठले आफ्नो मातापिता÷सासुुससुुराको नाममा स्थापना गरेको रामहरि–देवु युवा सम्मान–२०७९ का लागि साहित्यकार÷कवि छवि अनित्यलाई प्रदान गर्ने निर्णय गरेको छ । यस वर्षदेखि प्रदान गर्न लागिएको सम्मानको राशी दश हजार रहेको छ । २०४४ सालमा स्थापना भएको संगमले हेटौंडा उपमहानगरपालिकासँगको साझेदारीमा २०५९ सालदेखि पुुष्पलाल स्मृति पुुस्तकालय पनि सञ्चालन गर्दै आइरहेको छ ।







