थाहाको बाल विकास निर्देशन समिति पुनर्गठन

साझाकुरा
२०७९ चैत्र १४, मंगलवार १३:२५

हेटौंडा-थाहा नगरपालिकामा प्रारम्भिक बाल विकास निर्देशन समिति पुनर्गठन गरिएको छ । प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग र एकीकृत ग्रामीण विकास सेवा मकवानपुरको सहकार्यमा सञ्चालित बाल सपना परियोजनाअन्तर्गत् १३ चैतमा सम्पन्न एक कार्यक्रममा बाल विकास निर्देशन समिति पुनर्गठन गरिएको हो ।
समितिको अध्यक्षमा नगरप्रमुख विष्णुबहादुर विष्ट रहेका छन् भने सदस्य सचिव प्रमुख प्रशासकीय अधिकृत अजित घिमिरे रहेका छन् । सदस्यहरुमा नगर उपप्रमुख भरत गोपाली, कार्यपालिका सदस्य पवित्रा ठकुरी, शिक्षा शाखा प्रमुख माधवबिक्रम मल्ल, सामाजिक शाखा प्रमुख अनिल लामिछाने, स्वास्थ्य शाखा प्रमुख मेघराज बलामी, महिला तथा बालबालिका शाखा प्रमुख प्रतिमा मोक्तान र बालमैत्री स्थानीय शासन सहजकर्ता कुमार नेगी रहेका छन् । एकीकृत ग्रामीण विकास सेवा मकवानपुरको प्रतिनिधिलाई समिति सदस्यमा मनोनित गरिएको छ ।

नगरप्रमुख विष्टको अध्यक्षतामा बसेको निर्देशक समितिको बैठकले थाहा नगरपालिकाको एकीकृत प्रारम्भिक बालविकास रणनीतिको मस्यौदालाई कार्यपालिकाको बैठकमा पेश गर्ने निर्णय गरेको सदस्य सचिव प्रमुख प्रशासकीय अधिकृत घिमिरेले जानकारी दिए । मस्यौदाको अन्तिम रुप दिन शिक्षा शाखाप्रमुख माधवबिक्रम मल्लको संयोजकत्वमा मेघराज बलामी, अनिल लामिछाने, कुमार नेगी, प्रतिमा मोक्तान र सुरजकुमार भुजेल सदस्य रहेको टिम बनाइएको छ । कार्यक्रममा एकीकृत ग्रामीण विकास सेवा मकवानपुरका सचिव मीनराज पौडेल, कार्यक्रम संयोजक संजीवकुमार जोशी, सामाजिक परिचालक मनिता कार्की, गंगा सापकोटालगायतको सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*