मोटरसाइकलको ठक्करबाट स्याङतानको मृत्यु
हेटौंडा-पैदल हिँडिरहेको अवस्थामा मोटरसाइकलको ठक्करबाट मकवानपुरका ५० बर्षीय दिलबहादुर स्याङतानको मृत्यु भएको छ ।जिल्लाको पूर्वीक्षेत्र बागमती गाउँपालिकामा बुधबार बिहान मोटरसाइकलले ठ्रक्कर दिँदा पैदलयात्री स्याङ्तानको मृत्यु भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा बागमती–८, खजुरीदमार बस्ने ५० बर्षीय दिलबहादुर स्याङतान रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जनाकारी दिए ।
प्रहरीका अनुसार, बिहान बागमती गाउँपालिका–८, साततले राजबास पुलस्थित हेटौंडा–फापरबारी सडकखण्डमा फापरबारीबाट हेटौंडातर्फ आउँदै गरेको बा २५ प १९०८ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारको लागि हेटौंडा अस्पतालमा ल्याइएकोमा चिकित्कले मृत घोषणा गरेको प्रहरी नायवउपरीक्षक कार्कीले बताए ।
ठक्कर दिने मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ भने मोटरसाइकल चालक हाल फरार छन् । उनको खोजीकार्य भइरहेको र घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।







