जिससद्वारा बागमती गाउँपालिकाको अनुगमन

साझाकुरा
२०७९ चैत्र १६, बिहीबार १३:०५

हेटौंडा-जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले जिल्लाको पूर्वी क्षेत्रमा पर्ने बागमती गाउँपालिको अनुगमन गरेको छ । जिससको दोस्रो चौमासिक अनुगमन अन्तर्गत् स्थानीय तहको वार्षिक योजना प्रगति, आर्थिक सामाजिक, पूर्वाधारलगायतको प्रगति, सुशासनको अवस्था, समन्वय तथा सहजिकरणलगायत क्षेत्रमा भए÷गरेका कार्यहरुको नियमित अनुगमन गर्ने क्रममा बागमती गाउँपालिकाको अनुगमन गरेको हो ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको नेतृत्वमा गएको अनुगमन टोलीले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतलगायतसँग हालसम्मको समग्र प्रगतिको अवस्थाका विषयमा जानकारी लिनुका साथै आयोजनाको स्थलगत अनुगमन गरिएको थियो ।

अनुगमन टोलीलाई गाउँपालिका अध्यक्ष सर्केश घलान, उपाध्यक्ष फणिन्द्रकुमार तिमल्सिना, प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलानले गाउँपालिकाले हालसम्म गरेका कामको बारेमा जानकारी गराएका थिए । यस्तै जिल्ला शिक्षा समितिका अध्यक्ष समेत रहेका जिसस प्रमुख घलानसहित अनुगमन टोलीले बागमती गाउँपालिका–१ माझगाउँस्थित सूर्य माविमा सञ्चालित वार्षिक परीक्षाको समेत अनुगमन गरेको थियो ।

बागमती गाउँपालिकामा सञ्चालित रामनवमी मेला अवलोकन पनि गरिएको छ । अनुगमनमा जिसस सदस्यहरु विष्णुमाया थपलिया, तारा ढुंगाना, समन्वय अधिकारी बासुदेव खतिवडा, नायबसुब्बा उपेन्द्रनाथ पोखरेल लगायतको सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*