नयाँ भवन बनाउँदै गरिबी निवारण सहकारी

साझाकुरा
२०७९ चैत्र १६, बिहीबार १३:०७

हेटौंडा-हेटौंडा उपमहानगरपालिका–६ हात्तिलेटमा रहेको गरिबी निवारण बचत तथा ऋण सहकारी संस्थाको भवन शिलान्यास भएको छ ।नेपाली कांग्रेसस बागमती प्रदेश सभापति एवम् बागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले भवनको शिलान्यास गरेका हुन् । हेटौंडा उपमहानगरपालिका ६ नम्बर वडा कार्यालयमार्फत् विनियोजन भएको ७ लाख रुपैयाँ बजेटबाट भवन बनाउन लागिएको संस्थाका अध्यक्ष कृष्णप्रसाद सापकोटाले जानकारी दिए ।

भवनको सिलान्यास गर्दै नेता बानियाँले छरिएर रहेको पूँजीलाई एकीकृत गरी हुनेको बचत गर्ने र नहुनेलाई ऋण लगानी गर्ने काम सहकारीले गरेको बताए । अर्थतन्त्रको खम्बामध्ये सहकारी संस्था पनि एक खम्बा भएकाले दिगो विकासको लक्ष्य प्राप्त गर्न सहकारी संस्थाहरुले महत्वपूर्ण भूमिका खेलेको बताए ।सहकारी संस्थालाई आगामी दिनमा पनि सहयोग गर्दै भवन निर्माणको क्रममा सकेको सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

सहकारी संस्थाले ३ तले भवन बनाउन लागेको सहकारी संस्थाका उपाध्यक्ष रिपुप्रसाद गौतमले जानकारी दिए । भवन शिलान्यास कार्यक्रममा हेटौंडा–६ का वडाअध्यक्ष विष्णुबहादुर दाहालले आगामी दिनमा पनि सहकारी संस्थालाई सहयोगको लागि वडाकार्यालय तयार रहेको बताए । कार्यक्रममा हेटौंडा– ६ का वडासदस्य विजय पौडेल, लेखराज ढकाल, सहकारीका निर्वतमान अध्यक्ष पुष्पराज पराजुलीलगायत संस्थाका सञ्चालक समितिका पदाधिकारी र शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*