चन्द्रोदय माविको अध्यक्षमा मैनाली
हेटौंडा-हेटौंडा उपमहानगरपालिका–८ बहादुरगञ्जमा रहेको चन्द्रोदय माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा इवाकर मैनाली चयन भएका छन् । व्यवस्थापन समितिमा मनोनितमध्येका ज्येष्ठसदस्य कृष्णप्रसाद अर्जेलको अध्यक्षतामा बसेको बैठकले मैनालीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको प्रधानाध्यापक तथा समितिका सदस्यसचिव जिधराज ढकालले बताए ।
अध्यक्षमा चयन भएका मैनालीले विद्यालयलाई व्यवस्थित बनाउँदै शैक्षिक गुणस्तर सुधारमा आफ्नो भूमिका रहने बताए । व्यवस्थापन बैठकले दुर्गा अधिकारीलाई सदस्यमा मनोनित गरेको थियो । यसअघि हेटौंडा उपमहानगरपालिका शिक्षा शाखाका अधिकृत रामचन्द्र खड्काको अध्यक्षतामा भएको भेलाले व्यवस्थापन समितिको सदस्यमा रामप्रसाद देवकोटा, कृष्णप्रसाद अर्जेल, ज्योति केसी र रीता श्रेष्ठलाई मनोनित गरेको थियो । बैठकमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ का अध्यक्ष रामकृष्ण थापाको उपस्थिति रहेको थियो ।







