कमानेको स्वास्थ्य शिविरमा साढे दुईसय महिलाले लिए सेवा

साझाकुरा
२०७९ चैत्र १७, शुक्रबार १२:१७

हेटौंडा-नेपाल परिवार नियोजन मकवानपुर शाखाको प्राविधिक सहयोग तथा हेटौंडा उपमहानगरपालिका ८ नम्बर वडाको आर्थिक सहयोगमा कमानेमा एक दिवशीय शिविर भएको छ । चन्द्रोदय माध्यमिक विद्यालय कमानेमा बिहीवार महिलाहरुको लागि निःशुल्क यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी शिविर सञ्चालन गरिएको परिवार नियोजन मकवानपुरका अध्यक्ष निगम श्रेष्ठले जानकारी दिए । शिविरमा पाठेघरको मुखको क्यान्सर परीक्षण, स्तन क्यान्सरको परीक्षण, यौनरोगसम्बन्धी परीक्षण, पूरै शरीर परीक्षण तथा अस्थायी साधन आयूसीडी इम्प्लान्ट लगाउने तथा झिक्ने सेवा प्रदान गरिएको श्रेष्ठले जानकारी दिएका छन् ।

शिविरमा स्थानीय २ सय ४८ जना महिलाले निःशुल्क स्वास्थ्यसेवा लिएको परिवार नियोजनका केन्द्रीय सदस्यसमेत रहेका मकवानपुरका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
संघले यसअघि ८ चैतमा ६ नम्बर वडामा शिविर आयोजना गरेको थियो । अघिल्लो वर्ष हेटौंडाको ५, १७ नम्बरलगायतका वडामा शिविर सञ्चालन गरेको थियो । आगामी वर्ष पनि २, ३, १६, १७ लगायतका वडामा निःशुल्क यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी शिविर सञ्चालन गर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए । बिहीवार भएको शिविरमा वडा अध्यक्ष राम थापा, परिवार नियोजन संघ बागमती प्रदेश संयोजक इश्वर पण्डित, मकवानपुर शाखा सचिव फूलमान श्रेष्ठ, शाखा प्रबन्धक ममिता श्रेष्ठ, लेखापाल महेश पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*