आगलागी पीडितलाई सहयोग
हेटौंडा-नेपाल रेडक्रस सोसाइटी उपशाखा बागमती गाउँपालिकाले आगलागी पीडितलाई आर्थिक तथा खाद्यान्न सहयोग गरेको छ ।मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर–२ कालिखोलाका कुलबहादुर स्याङतानको घरमै पुगेर सहयोग गरिएको हो ।
गाउँपालिकाले नगद १० हजार रुपैयाँ तथा खाद्यान्न, लत्ताकपडा नेपाल रेडक्रस सोसाइटी उपशाखा बागमतीले सहयोग गरेको थियो । बागमती गाउँपालिका वडा नम्बर ८ का वडाअध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटी उपशाखा बागमती गाउँपालिका सभापति इन्द्रमणि तिमल्सिना (केशव), बागमती गाउँपालिका वडा नम्बर१ का वडाअध्यक्ष यहुना राई, वडा नम्बर २ का वडाअध्यक्ष जनकबहादुर पहरी, नेपाल रेडक्रस सोसाइटी उपशाखा बागमती गाउँपालिका कोषाध्यक्ष शंकरकुमार पराजुली, सचिव धनपति तिमल्सिना, जिल्ला समन्वय समिति सदस्य खड्गबहादुर पुलामीलगायतले आगलागी पीडित परिवारलाई राहत सामग्री हस्तान्तरण गरेका थिए ।
आगलागीबाट करिव १५ लाख रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ । स्याङतानको कच्ची घरमा आगलागी हुँदा घर पूर्णरुपमा क्षति भएको थियो । सामाजिक सुरक्षा वापत जम्मा गरेको करिब चार लाख नगद, एक लाख बराबरको सुन, लत्ताकपडा, अन्नपात, भाडा, क्षति भएको प्रहरीले जनाएको छ ।







