कुलेखानीमा डुबेर सुवेदीको मृत्यु
हेटौंडा– मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१ मार्खुस्थित कुलेखानी जलाशयमा डुबेर एक जना युवकको मृत्यु भएको छ । मंगलबार दिउँसो डुवेपछि बेपत्ता भएका युवकको बुधबार दिउसो शव फेला परेको छ ।
काठमाडौं छैमले घर भएका ३३ बर्षे राजकुमार सुवेदी कुलेखानीमा पौडी खेल्ने क्रममा वेपत्ता भएका थिए । चालकले चलाएको डुङ्गामा सुवेदीले डुङ्गा चढ्दा लगाएका ज्याकेट, मोबाइल, जुत्ता डुङ्गामा नै छोडेर तालमा हाम फालेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जानकारी दिएको छ ।
मंगलबार नेपाल प्रहरीको टोलीले खोजी गरे पनि सुवेदीलाई फेला पार्न सकेको थिएन् । बुधबार चितवनबाट आएको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोरको टोलीले खोजी गर्दा जलाशयमा गाडिएको अबस्थामा सुवेदीको शव भेटिएको थियो ।







