सिद्धिलाल विभूषित
हेटौंडा- हेटौंडाका चर्चित समाजसेवी सिद्धिलाल श्रेष्ठ प्रबल जनसेवा श्री चतुर्थबाट विभूषित भएका छन् । हेटौंडामा रहेर लामो समयदेखि समाजसेवा तथा सामाजिक रुपान्तरणमा भूमिका निर्वाह गर्दै आएका श्रेष्ठ १ वैशाख शुक्रबार राष्ट्रपति कार्यालयमा आयोजित विशेष कार्यक्रमबाट विभूषित भएका हुन् । श्रेष्ठ हेटौंडा सामुदायिक आँखा अस्पतालका संरक्षक एवं नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारिणी सदस्यसमेत हुन् । यसैगरी, मकवानपुरका पत्रकार रेडियो शक्तिका सञ्चालक तिलक अधिकारी पनि जनसेवा श्री चतुर्थबाट विभूषित भएका छन् ।







