साझाकुराको क्यालेण्डर बजारमा

साझाकुरा
२०८० बैशाख ३, आईतवार ०८:२४

हेटौंडा-नयाँवर्ष लाग्नेबित्तिकै साझाकुराको क्यालेण्डर पर्खिरहेका पाठक, शुभचिन्तकको चाहना पूरा भएको छ । साझाकुरा दैनिकले हरेक वर्ष बैशाखमा क्यालेण्डर प्रकाशन गरी आफ्नो पाठक तथा शुभचिन्तक, शुभेच्छुकहरुलाई निःशुल्क बितरण गर्दै आएको थियो । यसवर्ष पनि साझाकुराको क्यालेण्डर शनिबारदेखि बजारमा आएको छ ।

रामचन्द्र आचार्य फुर्सतीले सम्पादन गरेको क्यालेण्डर ६ पृष्ठको छ । बजारमा लोकप्रिय मानिएको साझाकुरा दैनिकको क्यालेण्डर पनि विश्वसनीय मानिन्छ । अन्तराष्ट्रिय दिवस तथा नेपालमा मात्र मनाइने दिवस, पर्बहरु, घडीपला, नक्षत्र, तिथि, बार, पञ्चाङ समाबेश भएको क्यालेण्डर आफ्नो प्रति सुरक्षित गर्न साझाकुराका प्रकाशक सबिन न्यौपानेले आग्रह गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*