त्रिखण्डीमा बस दुर्घटना

साझाकुरा
२०८० बैशाख १०, आईतवार ०८:५०

हेटौंडा-हेटौंडा उपमहानगरबाट नजिकै पिकनिक स्पर्टको रुपमा परिचित त्रिखण्डीमा वनभोजका लागि रौतहटबाट आएको टोलीको बस दुर्घटना भएको छ । भीमफेदी गाउँपालिका–१, स्थित त्रिखण्डी मन्दिर नजिकैको पुलबाट बस तल खसेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार रौतहटको चन्द्रनिगाहापुरबाट वनभोजका लागि त्रिखण्डी आएको ग १ ख ६१०७ नम्बरको बस दुर्घटनमा परेको हो । दुर्घटनामा दुईजना घाइते भएका छन् ।

घाइते हुनेमा बस चालक चन्द्रनिगाहापुर नगरपालिका–५ बस्ने ३५ वर्षीय अजय चौधरी र सोही स्थान बस्ने अन्दाजी ६० वर्षीय चन्देश्वर चौधरी रहेका छन् । प्रहरीका अनुसार घाइतेमध्येका चालक चौधरीलाई अचेत अवस्थामा हस्पिटल ल्याइएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*