मुस्लिम समुदायले मुख्यमन्त्री जम्कट्टेलसँग मनाए ईद
हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले ईद पर्वको अवसरमा मुस्लिम समुदायलाई शुभकामना व्यक्त गरेका छन् ।मकवानपुरका मुस्लिम समुदायका अग्रजहरुसँग शनिवार ईद पर्वको भेटमा उनले शुभकामना व्यक्त गरेका हुन् । ‘सबै धर्म, समुदायप्रति प्रदेश सरकार समान व्यवहार गर्दछ’, मुख्यमन्त्री जम्कट्टेलले भने, ‘मुस्लिम समुदायको धर्म संस्कृतिको प्रवद्र्धन र समुदायको समस्याहरु सम्बोधनको लागि सरकार प्रतिवद्ध छ ।’,
जामे मस्जिदका अध्यक्ष जोवेद हुसेन, दारुल कुरान मदरसाका अध्यक्ष सलिम मिया, उपाध्यक्ष जब्स मिया, सचिव जुनेजु मिया लगायत मुश्लिम समुदायका प्रतिनिधिहरुसँग मुख्यमन्त्री जम्कट्टेलसँग मुख्यमन्त्री निवास,हेटौंडामा भेटेर शुभकामना ब्यक्त गरेका हुन् । ईद इस्लामिक पात्रो अनुसार मनाइने सबैभन्दा ठूलो पर्वमध्ये एक हो । ईद पर्व महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्यसँगै मनाइन्छ ।







