तामाङ र नेवारी भाषा कामकाजी बनाउन मुख्यमन्त्रीलाई पत्र

साझाकुरा
२०८० बैशाख ११, सोमबार ०८:५४

हेटौंडा- बागमती प्रदेशभित्र सरकारी कामकाजको मातृभाषा नेपालीसँगै तामाङ र नेवारी (नेपाल भाषा) कार्यान्वयन गर्न बनेको तयारी समितिले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई प्रतिवेदन बुझाएको छ ।आइतबार मुख्यमन्त्री कार्यालयमा समितिका संयोजक एवं सामाजिक विकासमन्त्री कुमारी मोक्तान र समितिका विज्ञ सदस्यहरु अमृतकुमार योन्जन, ओमकार्यश्वर श्रेष्ठले मुख्यमन्त्री जम्कट्टेललाई प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदन बुझ्दै मुख्यमन्त्री जम्कट्टेलले आउँदो भदौ महिनाभित्र भाषासम्बन्धी ऐन निर्माण गरी तामाङ र नेवार भाषालाई सरकारी कामकाजको भाषा निर्माण गरिने प्रतिबद्धता व्यक्त गरे ।

‘हामीले ऐन निर्माणको प्रक्रिया अघि बढाइसकेको छौं, आर्थिक मामिला र आन्तरिक मामिला मन्त्रालयको राय लिएर थप काम अघि बढाउँछौं’, उनले भने, ‘वर्षे अधिवेशनमा यस सम्बन्धित विधेयक पेश हुने गरी काम अघि बढाउँछौं र भदौ महिनाभित्र कार्यान्वयमै लैजानेगरी काम गछौं ।’,बहुसंख्यक तामाङ र नेवार समुदायको बसोबास रहेको बागमती प्रदेशमा आमनागरिकलाई सरकारी कामकाजमा थप सहजता होस् भनेर आवश्यक काम अघि बढाएको जम्कट्टेलले बताए ।

प्रदेश तहमा पहिलोपटक बागमती प्रदेशमा नेपाली बाहेक अन्य मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउन लागिएको हो । प्रतिवेदनमा समावेश प्रस्तावित बागमती प्रदेश राष्ट्रभाषा ऐन २०८० मा यो ऐन लागु भएपछि सेवाग्राहीले चाहेको सरकारी कामकाजको भाषमालिखित वा मौखिक सूचना प्रदान गरिने उल्लेख छ ।सार्वजनिक पदमा बाहल रहेका व्यक्तिले सरकारी कामकाजको भाषा प्रयोग गर्न इन्कार गरेमा जरिवाना र सजाय हुने समेत प्रावधान राखिएको छ । साथै यो ऐन कार्यान्वयन भएको तीन महिनाभित्र प्रदेशभित्रको भाषा संरक्षण, सम्बद्र्धन, विकास र अध्ययन अनुसन्धानको लागि राष्ट्रभाषा विकास प्रतिष्ठान स्थापना गर्न प्रताव गरिएको छ । बागमती प्रदेशमा विभिन्न जात जातिका एकसय चार भाषा बोलिचालीमा रहेको समितिले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*