अन्तराष्ट्रिय पुस्तक दिवसको अवसर पारेर पशुुपतिनाथ माविमा पुुस्तक वितरण

साझाकुरा
२०८० बैशाख ११, सोमबार ०९:०८

हेटौंडा-मकवानपुुरको मनहरी गाउँपालिकामा रहेको पशुपतिनाथ माविले आइतबार अन्तर्राष्ट्रिय पुस्तक दिवसको अवसर पारेर बालबालिकालाई पाठ्यपुस्तक वितरण गरेको छ । विद्यालयमा आयोजित एक कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले विद्यालयका बालबालिकालाई पुस्तक वितरणको सुरुवात गरेका हुन् ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा ब्यापक बहस भइरहेको अवस्थामा मनहरी गाउँपालिकाले विद्यालयमा शैक्षिक गुणस्तर बृद्धि गर्न बिभिन्न कार्यक्रम ल्याउन लागिएको अध्यक्ष कालाखेतीले जानकारी दिए । सरकारले ठूूलो धनराशी खर्च गरेर सामुुदायिक विद्यालयमा पाठ्यपुस्तक निःशुल्क उपलब्ध गराएको हुँदा विद्यार्थी पाठ्यपुस्तक जतन गरेर अध्ययन गर्न सुुझाए ।

अभिभावकले आफ्ना नानीबाबुुहरुको अध्ययनमा कुुनै समस्या भए विद्यालय ब्यवस्थापन समिति वा गाउँपालिकामा राख्न आग्रह गर्दै अध्यक्ष कालाखेतीले शिक्षामा परिबर्तन देखिने गरी काम गर्ने आफूूहरुको योजना रहेको बताए ।बालबालिकाको पढाइप्रति अभिभावकले पनि चासो राख्न सुुझाव दिंदै अध्यक्ष कालाखेतीले सामुुदायिक विद्यालयको शिक्षा सुुधारका लागि सबैले आआफ्नो स्थानबाट भूूमिका निर्वाह गर्नुपर्ने बताए । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष माधब गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भानुुभक्त आचार्य, विब्यसका शिक्षक प्रतिनिधि ईश्वर रिाजलले अन्तराष्ट्रिय पुस्तक दिवसको महत्वपूूर्ण अवसरमा विद्यालयमा बालबालिकालाई पाठ्यपुुस्तक बितरण गर्ने अवसर मिलेको बताए ।

गतवर्ष तीनै तहको सरकारको निर्वाचनको कार्यक्रम भएकोले समयमै विद्यालयमा पाठ्यपुस्तक उपलब्ध हुुन सकेको थिएन ।यो वर्ष सबै जिल्लाका विद्यालयमा पाठ्यपुुस्तक पुुगेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । केन्द्रका अनुसार १३ वटा निजी क्षेत्रका १३ वटा छापाखानाले कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक छापेर बिक्री वितरण गरिसकेका छन् । सरकारले यसपटक सबै सामुदायिक विद्यालयमा समयमै पाठ्यपुस्तक उपलब्ध गराउन सफल भएको बताइएको छ । जनक शिक्षा र निजी क्षेत्र दुवैले यसपटक तोकिएको जिम्मेवारी समयमै काम पूरा गरेका कारण कुनै गुनासो नआएको बताइएको छ । केन्द्रका अनुसार निजी क्षेत्रले एक करोड १८ लाख थान पाठ्यपुस्तक छपाइ गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*