बालश्रमिकको पुनःस्थापना र अवस्था बुझ्दै उपमहानगर

साझाकुरा
२०८० बैशाख १३, बुधबार १०:४४

हेटौंडा- बालमैत्री स्थानीय तह घोषणाको तीव्र तयारीमा रहेको हेटौंडा उपमहानगरपालिकाले बालश्रमिकको वस्तुगत विवरण संकलनसँगै पुनःस्थापनाका लागि छलफल गरेको छ ।कम्युनिटी एक्सन सेन्टर नेपाल (सिएसी)को ओयोजना तथा हेटौंडा उपमहानगरपालिकाको समन्वयमा भएको कार्यक्रममा बालश्रमको वस्तुस्थिति बुझ्दै पुनःस्थापनामा गर्न सकिने कार्यबारे छलफल गरिएको थियो । छलफलको प्रमुख वक्ता बागमती प्रदेशका प्रहरी प्रमुख किरण राणाले बालश्रम न्यूनीकरणका लागि प्रहरीले भूमिका खेलिरहेको बताइन् ।

घरदैलो अभियानमार्फत् विवरण संकलनमा पनि प्रहरीबाट पहल रहने राणाले बताइन् । बालश्रम विरुद्धका अभियानमा कुनै कसर बाँकी नराख्ने बताउँदै राणाले सिंगो समाजमै चेतना आउनुपर्नेमा जोड दिइन् ।कार्यक्रमको अध्यक्षता गरेका हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख एंव बालअधिकार समिति संयोजक राजेश बानियाँले उपमहानगरले नगर क्षेत्रका बालश्रमिकको तथ्यांक संकलन गरिसकेको बताउँदै शुन्य बालश्रम बनाउने अभियानमा आफूहरु लागेको बताए । कार्यक्रम सीएसी नेपालका प्रमुख तुलसालता अमात्यले हरेक स्थानीय तहसँग सहकार्य गर्दै बालश्रम न्यूनीकरणमा भूमिका खेल्ने अभियानमा लागेको बताइन् ।

२०८० सम्म बालमैत्री बनाउने हेटौंडा उपमहानगरको अभियानलाई सीएसीको सहयोग रहने विश्वास दिलाएकी छन् । उपमहानगरको सामाजिक विकास महाशाखा प्रमुख विष्णुकुमारी लामिछानेले नगरभित्र बालश्रम सम्बन्धी वस्तुगत विवरण प्रस्तुत गरेकी थिइन् । उनले नगरका १९ वटै वडामा ६३ जना बालश्रमिक रहेको तथ्यांक सार्वजानिक गरिन् । नगरका ६, १२ र १६ वडामा बालश्रमिक नभएको उनको भनाई छ ।

कार्यक्रममका श्रम तथा रोजगार कार्यालयका निमित्त प्रमुख भीम शर्माले उद्योग प्रतिष्ठानहरुमा बालश्रम शुन्य अवस्था पुगेको बताउँदै अशिक्षा र गरिबीका कारण बालश्रम हुने गरेको दाबी गरे । १८ वर्षमुनिका बालबालिकालाई काममा लगाउनु बालश्रम भएको बताउँदै अनुगमनको क्रममा भेटिएका बालश्रमिकलाई पारिवारीक मिलन गराउन भूमिका खेलेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*