जनप्रिय वनमा शव फेला

साझाकुरा
२०८० बैशाख १३, बुधबार १०:४७

हेटौंडा- हेटौंडा उपमहानगरपालिकाको एउटा सामुदायिक वनमा मंगलबार शव फेला परेको छ । हेटौंडा–१२ स्थित जनप्रिय सामुदायिक वनमा अन्दाजी ६६ वर्षीय सीताराम बर्तौला मृत अवस्थामा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जानकारी दिएको छ । स्थानीयले पुरुषको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार घटनास्थल मुचुल्कापछि शव परीक्षणका लागि हेटौंडा अस्पताल ल्याइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*