लेखापरीक्षणका बेथिति रोक्न स्थलगत अनुगमन
हेटौंडा- नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले स्वतन्त्र लेखा र लेखापरीक्षणको वेथिति रोक्न स्थलगत अनुगमनमा तीव्रता दिइएको छ । सोमबारदेखि सिए हेमकुमार काफ्लेको नेतृत्वमा सिए दिवाकर गिरीसमेतको ४ सदस्यीय अनुगमन टोलीले मकवानपुरको विभिन्न गैरलेखापरीक्षकले संचालन गरेका लेखापरीक्षण फर्मको अनुगमन गरिएको थियो । आन्तरिक राजश्व कार्यालय, हेटौंडामा छलफलसमेत गरिएको थियो ।
लेखा तथा लेखापरीक्षणमा देखिएका वेथितिलाई सुधार गर्न गैरलेखापरीक्षकबाट लेखापरीक्षण गरी लेखापरीक्षकलाई आर्थिक प्रभावमा पारी दस्तखत गराई युडिन नम्बर समेतको दुरुपयोग गरेको पाइएकोले अनुगमन गर्नु परेको बताइएको छ । व्यवसायीसँग सम्पर्क गरी लेखा राख्ने र वित्तीय विवरण वनाई दिने भनी लेखा व्यवसायमा वेथिति गर्ने
गैरलेखापरीक्षक फर्म र त्यस्तागैरलेखापरीक्षकसँग संलग्न भई लेखापरीक्षण प्रतिवेदनमा दस्तखत गर्ने लेखापरीक्षक समेतको तथ्यांक संकलन गरी कार्वाहीको दायरामा ल्याउन व्यापक अनुगमन भइरहेको नेपाल अडिटर्स एसोसिएसन (अडान) बागमती प्रदेशका अध्यक्ष रामकुमार बर्तौलाले बताए ।
अनुगमन टोलीले मंगलबार चितवन र कावासोतीसमेतकागैरलेखापरीक्षक फर्म र त्यस्तागैरलेखापरीक्षकसँग संलग्न भई लेखापरीक्षण प्रतिवेदनमा दस्तखत गर्ने लेखापरीक्षकको तथ्यांक संकलनगरिएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको आचारसंहिता विपरीत काम गर्ने लेखापरीक्षकलाई अनुशासनको कार्वाही हुने प्रदेश अध्यक्ष बर्तौलाले जानकारी दिए ।







