बहिरा अपाङ्ता भएकालाई अभिमूखीकरण
हेटौंडा- मकवानपुर बहिरा संघको आयोजनामा बहिरा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी तीनदिने क्षमता विकास अभिमुखीकरण तालिम सुरु भएको छ ।हेटौंडा उपमहानगरपालिकाको सहयोगमा भएको कार्यक्रमको हेटौंडा–४ का वडाअध्यक्ष नवीन सिग्देलको प्रमुख आथित्यता रहेको थियो । सिग्देलले बहिरा अपाङ्गता भएका व्यक्तिको अधिकारको लागि ४ नम्बर वडाकार्यालयले संधै सहयोग गर्ने विश्वास दिलाए ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी महिला तथा बालबालिका महाशाखा प्रमुख बिष्णुकुमारी लामिछाने, राष्ट्रिय दोभासे संघका अध्यक्ष दिनेश श्रेष्ठ, राष्ट्रिय अपाङ महासंघ बागमती प्रदेश सहसचिव शारदा पौडेल, राष्ट्रिय बहिरा महासंघ, गण्डकी प्रदेश अध्यक्ष विकास घिमिरे, नेत्रहिन संघका उपाध्यक्ष दिलबहादुर सुनारलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम मकवानपुर बहिरा संघका अध्यक्ष दुर्गा बानियाँको सभाध्यक्षतामा भएको थियो ।







