मकवानपुर घर जग्गा व्यवसायी संघ अध्यक्षमा मैनाली

साझाकुरा
२०८० बैशाख १६, शनिबार १७:०३

हेटौंडा– मकवानपुर घर जग्गा व्यवसायी संघको चौथो साधरणसभा एवम् दोस्रो अधिवेशनबाट कमल मैनाली अध्यक्षमा सर्वसम्मत चयन भएका छन ।

हेटौंडामा शनिबार सम्मपन्न अधिवेशनले मैनालीको अध्यक्षतामा १३ जना नयाँ कार्यसमिति चयन गरेको छ । संघको उपाध्यक्षमा राजकुमार बानियाँ, भिमप्रसाद तिमल्सिना (पबन), युवाकर मैनाली, महासचिव सम्भु पुडासैनी, सचिव बिजय गौतम, कोषाध्यक्ष कृष्णप्रसाद चौलागाई, सहकोषाध्यक्ष दिपेन्द्र यादव चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा गणेश भ्लोन, गोपाल कृष्ण नेपाल, राजकुमार बास्तोला, राजकुमार थिङ, शंकर राउत चयन भएको निर्वाचन अधिकृत इश्वरराज ढकालले जानकारी दिए । नवनिर्वचित कार्यसमितिलाई निवर्तमान अध्यक्ष ध्रुव घिमिरेले खादा माला लगाएर स्वागत गरेका छन् । नवनिर्वाचित अध्यक्ष मैनालीले सवै घर जग्गा व्यवसायीहरुलाई एकै ठाउँमा समेटेर लैजाने वताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*