लेखापढी व्यवसायी शिखरकोट इकाई अध्यक्षमा लामा
हेटौंडा- जिल्लाको उत्तरी क्षेत्रस्थित नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन शिखरकोट इकाई समितिको तेश्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन शनिबार भएको छ ।अधिवेशनले लेखापढी व्यवसायी शिखरकोट इकाई समितिको अध्यक्षमा जियो लामा चयन भएका छन् । लामाको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति बनेको हो । समितिमा उपाध्यक्ष कृष्ण बलामी, सचिव उपेन्द्र केसी, कोषाध्यक्ष शर्मिला जिम्बा, सहसचिव झरना गोपाली, सदस्यहरुमा भीमबहादुर स्याङ्तान र विश्वास केसी सर्वसम्मत् चयन भएको निर्वाचन अधिकृत प्रकाश थोकरले जानकारी दिए । इकाई अध्यक्ष रामप्रसाद गोपालीको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल लेखापढी कानुन व्यावसायी एसोसिएसनका केन्द्रीय सचिव आत्मराम मोक्तानको प्रमुख आतिथ्यता थियो ।
सचिव मोक्तानले नागरिकलाई सहज र छिटो सेवा दिलाउन लागिरहेको बताए । लेखापढी व्यवसायीहरुले सामाजिक कार्यमा पनि अग्रसर रहेर कार्य गरिरहेको बताउँदै लेखापढी व्यवसायीको हितका लागि
अक्षय कोषको स्थापना र पेन्सन योजना पनि अघि सारेको मोक्तानले बताए । साधारणसभा तथा अधिवेशन कार्यक्रममा एसोसिएसनका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सचिव खिलप्रसाद गौतम, एसोसिएसन प्रदेश सदस्य महालक्ष्मी श्रेष्ठ, एसोसिएसन जिल्ला समन्वय समिति अध्यक्ष पूर्णप्रसाद अर्याल, एसोसिएसन अदालत इकाई अध्यक्ष तेजकुमारी थापा, एसोसिएसनका हेटौंडा इकाई उपाध्यक्ष तेजराज पाण्डे, अदालत इकाइका पूर्वअध्यक्ष राधा पाठक, मालपोत कार्यालय शिखरकोटका प्रतिनिधि रामचन्द्र लामा, जिल्ला समन्वय समिति कोषाध्यक्ष सन्तोषी बर्तौला, सहसचिव सत्रुघन बैठा, अदालत इकाईका कोषाध्यक्ष अमृता बर्तौलालगायतको उपस्थिति थियो ।







