जेसीज पूर्वअध्यक्ष क्लवमा श्रेष्ठ
हेटौंडा- हेटौंडा जेसीजको पूर्वअध्यक्ष क्लबको अध्यक्षमा धर्मकृष्ण श्रेष्ठ चयन भएका छन् । हेटौंडामा भएको पूर्वअध्यक्षहरुको साधारणसभाले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो ।उनी वर्ष सन् २००१ का अध्यक्ष हुन् । भेलाले वर्ष सन् २०१९ का अध्यक्ष सन्देश डिसीलाई पूर्वअध्यक्ष क्लबको सचिवमा चयन गरेको छ । हेटौंडा जेसीज २०२२ का पूर्व अध्यक्ष क्लबका अध्यक्ष माधवकुमार न्यौपानेको अध्यक्षतामा भएको साधारणसभामा २५ जना पूर्वअध्यक्ष सहभागी थिए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएका हेटौंडा जेसीजका वर्ष सन् २०१२ का अध्यक्ष कृष्ण कटुवाललाई सम्मान गरिएको थियो ।संस्थालाई आवश्यक सल्लाह र सुझाव दिँदै सही मार्गदर्शन गर्न भूमिका खेल्ने पूर्वअध्यक्ष क्लबका अध्यक्ष श्रेष्ठले प्रतिवद्धता जनाए । पूर्वअध्यक्षहरुको अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्दै अघि बढ्ने उनले बताए । हेटौंडा जेसीज वर्ष सन् १९७८ मा स्थापित भएको हो । मकवानपुरमा अहिले दुई प्रस्तावित सहित ८ वटा जेसीज सक्रिय छ ।







