पौडी खेल्ने क्रममा डुबेर राईको मृत्यु

साझाकुरा
२०८० बैशाख १८, सोमबार ०९:४७

हेटौंडा- जिल्लाको पूर्वी क्षेत्रस्थित बकैया गाउँपालिका वडा नम्बर ७ मा पौडी खेल्ने क्रममा डुबेर बेहोस एकजना बालिकाको उपचारको क्रममा मृत्यु भएको छ ।बकैया–७ को हात्तिखोलामा सार्वजनिक सिंचाईको लागि निर्माण गरिएको पोखरीमा पौडी खेल्न गएकी स्थानीय ११ वर्षकी बिनिता राई डुबेर बोहोस भएकी थिइन् । बेहोस अवस्थामा उद्दार गरी थप उपचारको लागि बकैया आधारभूत स्वास्थ्य केन्द्रमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*